बालिकालाई फोटोग्राफी तालिम


प्रकाशित मिति :2016-09-16 11:10:47

नन्दा थापा
बाजुरा । बालिकलाई लक्षित गरी सदरमुकाम मार्तडीमा २ दिने फोटोग्राफी तालिम सञ्चालन गरिएको छ । बालिकालाई विकास निर्माण तथा हरेक अवसरमा सँगसँगै लैजाने अभियान अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा उक्त तालिम  सञ्चालन गरिएको हो ।

तालिममा जिल्लाका सात गाविसका २० भन्दा बढी बालिका  सहभागी थिए । दुईदिनसम्म भएको तालिममा फोटो खिच्ने तरिका, क्यामरा चलाउँदा ध्यान दिनु पर्ने कुराहरू बारे जानकारी दिने सेभ द चिल्ड्रेनका बाले विकले बताए ।

दश कक्षासम्म अध्ययन गर्ने बालिकालाई क्यामरा सम्बन्धि ज्ञान सिप दिर्ई गाउँ समाजमा हुने गरेका घटना बारे थप जिम्मेवार बनाउने लक्ष्य तालिमले लिएको छ । तालिमबाट प्रत्येक बाल क्लब, गाउँ बाल संरक्षण समितिलाई एक एक क्यामरा पनि प्रदान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: