पार्वती पाण्डे
कपिलवस्तु । महिला स्वास्थ्य सम्बन्धि चेतना जगाइ स्वास्थ्य उपचारमा पहुँच बढाउन कपिलवस्तुको महाराजगञ्ज गाविसले महिला स्वयमसेविकाहरूलाई मोबाईन फोन दिएको छ । उक्त गाविसमा रहेका २४ जना महिला स्वयमसेविकालाई मोबाईल दिईएको हो । जिल्ला कै सबैभन्दा ठुलो गाविस महाराजगञ्जका महिलाको स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वयंसेविकाहरूलाई मोबाईल बितरण गरिएको गाविस सचिव कृष्ण कुमार शर्माले बताए ।
गाविसको प्रत्येक वडामा रहेका स्वयमसेविकाले महिलालाई गर्भ जाँच, खोपलगायतका अन्य स्वास्थ्यका वारेमा जानकारी गराई उपचारका लागि प्रेरित गर्न मोवाइल फोनले सहयोग पुग्ने उनले बताए ।
मोबाईल फोन पाएर खुशी भएकी स्वयमसेविका रुपा कलवारले अब आफूहरूले फोन मार्फत नै परामर्श र अन्य सेवा प्रदान गर्ने बताइन् । ‘मोबाईल फोनले हामीले तत्कालै सूचना पाउने र दिन सक्ने भएकाले निकै सजिलो भएको छ’ उनले भनिन ।
अगुवा महिला स्वयमसेविका फुलकली गुप्ताले मोबाईल फोनले आफूहरूलाई काम गर्न समेत सजिलो भएको बताईन् । महाराजगञ्ज प्राथमिक उपचार सेवा केन्द्रका प्रमुख बिद्याधर पाण्डेयले स्वयमसेविकालाई दिईएको मोबाईलले स्वास्थ्य संस्थामा महिलाको पहुँच अझ बढाउने बताए ।
Comment Here!