महिला खबर
ललितपुर । नेपाली काँग्रेस निकट महिला संघको नयाँ नेतृत्वका लागि बिहान साढे नौ बजेदेखि मतदान शुरु भएको छ । विद्युत्तीय मेशिनबाट भईरहेको मतदानको मतगणना आजै हुने बताईएको छ । सभापति शेरबहादुर देउवा पक्ष र नेता रामचन्द्र पौडेल पक्षधरबीच गुटगत प्रतिस्पर्धा भईरहेको छ ।
पौडेलको पक्षबाट मिना पाण्डेलाई अध्यक्ष, महासचिवमा गोमा केसी र कोषाध्यक्षमा कुसुम थापामगर उम्मेद्वार रहेका छन् । सभापति देउवा पक्षबाट उमा रेग्मी, महासचिवमा धना खतिवडा र कोषाध्यक्षमा जानुका सिंह छन् ।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष बाईस खुल्ला, प्रत्येक प्रदेशबाट तीन/तीन जना, तीन आदीवासी जनजातीबाट, तीन दलितबाट, तीन मधेशी, एक मुस्लिमबाट उम्मेद्वार हुने प्रावधान विधानमा रहेको प्रचार प्रसार संयोजक निर्मला क्षेत्रीले बताईन् । संघको केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित २५ जना निर्वाचित र नाै जना मनाेनित केन्द्रीय सदस्य हुने व्यवस्था विधानमा छ ।
महिला शान्तिका चार निकास, समान सहभागिता, शान्ति समृद्धि र संवैधानिक विकास भन्ने मुल नारासहित संघको महाधिवेसन बुधबारदेखि काठमाडौं शुरु भएको हो ।
महाधिवेशनमा देशभरबाट २२ सय ४४ जना प्रतिनिधि सहभागी छन् ।
Comment Here!