परिवार नियोजनमा लगानी गरी बाल र मातृमृत्यु दर घटाउन सकिने


प्रकाशित मिति :2016-09-16 15:51:29

 महिला खबर
natal-careललितपुर । नेपालमा अझैपनि एकलाख सुत्केरी महिलामा दुईसय अन्ठाउन्न जनाको मृत्यु हुने गरेको एक तथ्याकंले देखाएको छ  ।  नेपाल परिवार नियोजन संघले दिएको एक तथ्याकं अनुसार नेपालमा एक हजार नवजात शिशुमा २३ जना जन्मिने बित्तिकै र  ३३ जना जन्मेको   केही समयपछि मृत्यु हुने गरेको छ ।

तथ्याकं अनुसार   एक हजार जना महिलामा  ७१ जना महिलाले १५ देखि १९ वर्षको उमेरमा बच्चा जन्माउने गरेका छन् ।  संघले परिवार नियोजनका  कारण बालमृत्यु दर १० प्रतिशत र मातृमृत्युदर ३० प्रतिशतले कम गर्न सकिने जनाएको छ ।

यसैगरि परिवार नियोजनमा गरेको एक रुपैयाँ लगानीले स्वास्थ्यमा ६ रुपैयाँ र जिविकोपार्जनमा ३ रुपैयाँ बचत गर्न सकिने संघले दिएको तथ्याकंमा जनाइएको छ ।

तेस्रो राष्ट्रिय परिवार नियोजन दिवस र परिवार नियोजन  संघको ५८ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा उक्त तथ्याकं दिइएको थियो ।

कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गगन थापाले संविधानले महिलाको स्वास्थ्य र प्रजनन् अधिकारलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकोले यो नैसर्गिक अधिकारका रुपमा स्थापित भइसकेकोे बताउनुभयो ।  नेपालमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाका कारण मात्रृ र बाल मृत्युदर घटेको भन्दै उहाँले यति हुँदाहँदैपनि नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेको बताउनुभयो ।

भएकै साधनस्रोतलाई परिचालन गर्न र उपलब्ध बजेटलाई मिलाएरु खर्च गर्ने हो भने स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि हासिल हुने उहाँको भनाइ थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: