महिला खबर
सिरहा । सिरहाको धनगढीमा एक महिला आफ्नी एक वर्षे छोरीसहित इनारमा हाम फालेकी छन् । हिजो साँझ धनगढी विष्णुपुरकी २८ वर्षीया हिरा खनालले आफ्नी एक वर्षीया छोरीसहित इनारमा हाम फाल्दा छोरीको मृत्यु भएको छ भने गम्भीर घाइते भएकी आमा हिराको प्रहरीले उद्दार गरेर उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमान् ध्रुव खनाल वैदेशिक रोजगारीका लागि दुबईमा छन् ।
प्रहरीका अनुसार इनारमा बच्चासहित हामफाल्नुको कारण खुल्न सकेको छैन ।
Comment Here!