महिला खबर
एजेन्सी । भारतमा आत्महत्या प्रयास गर्नेमा महिलाको संख्या पुरुषको भन्दा ३ गुना उच्च रहेको एक अध्ययनले देखाएको छन् । आत्महत्या गर्नेमा १५ देखि ३० वर्ष उमेर समूहका मानिस बढी रहेका छन्।
ईन्डिया साइकीयाट्रिक सोसाइटीका अनुसार १० देखि १५ प्रतिशत आवेगमा आएर आत्महत्या गर्ने या आत्महत्या प्रयास गर्ने गर्छन् र बाँकीलाई भने समयमा मनो चिकित्सा या परामर्श दिएर आत्महत्या गर्न बाट बचाउन सकिने भनिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष संसारभरी ८ लाख मानिसले आत्महत्याबाट ज्यान दिने गरेका छन्।
ईन्डिया साइकीयाट्रिक सोसाइटिका अध्यक्ष डा। जी प्रसाद रावका अनुसार भारतमा महिलाको आत्महत्या गर्ने दर औषतमा २।५ देखि ३ प्रतिशत रहेको छ, जसमा आत्महत्या गर्ने १० देखि १५ प्रतिशतमात्रले आवेगपुर्ण अवस्थामा आएर गरेको हुन्छ।
उनका अनुसार धेरै जसो आत्महत्या गर्नेमा जिवन मुल्यहिन छ भन्ने भावना सिर्जित भएर गर्ने गर्छन्, तर समयमै घर वरिवार तथा वरिपरि रहेका व्यक्तिहरूले बुझेर हस्तक्षेप गर्ने हो भने यस्ता घटनालाई कम गर्न सकिन्छ। किसान, विद्यार्थीले र दाइजोका कारण आत्महत्या गर्नेहरू धेरै छन्।कसैले आत्महत्या गर्ने प्रवृति देखाउदा के गर्ने भन्ने जानकारी ७१ प्रतिशत मानिसलाई थाहा नहुने अध्ययनमा उल्लेख छ ।
Comment Here!