महिला खबर
ललितपुर । उपन्यासकार उमा सुवेदीको दोस्रो उपन्यास ‘इति’ विहीवार सार्वजानिक भएको छ । उपन्यास सार्वजानिक हुनासाथ केही पाठकले पढिसकेर प्रतिकृया समेत दिईरहेको उपन्यासकार सुवेदीले बताईन् । मेहेनत गरे अनुसार प्रतिकृया सकारात्मक पाईरहेको उनको भनाइ छ । ‘पर्यावरण विषयलाई उपन्यासमा समेटेकाले समाजशास्त्रीय ढंगले हेर्दा धेरै कुरा रहेछ भनेर पाठकले प्रतिकृया दिईरहेका छन् ।’ ‘इति’ लाई अक्षर क्रियसनले बजारमा ल्याएको हो । दुई हजार प्रति छापेको विहीबार सार्वजानिक भएसँगै बजारमा सबै उपन्यास गईसकेको र दोस्रो प्रकाशनको लागि तयार गरिरहेको अक्षर क्रियसनकी डा. अर्चना थापाले जानकारी दिईन् ।
उपन्यासकार सुवेदीले २०६७ सालमा ‘तप्किएर अन्जुलीमा’ गजलसंग्रहबाट लेखनमा औपचारिक शुरुवात गरेकी थिइन् । पत्रपत्रिकामा समसामयिक विषयका लेख र निबन्ध लेखनमा पनि सक्रिय सुवेदीको गीतिसंग्रह ‘ तिर्सनाका छालहरू’ ९२०६८० र उपन्यास ‘तोदा’ ९२०७०० प्रकाशित छन् । पाँचथरमा जन्मेर झापामा हुर्केकी उमा सुवेदी यतिखेर काठमाडौंमा बसेर लेखनमा सक्रिय छिन् ।
थप समाचार…
Comment Here!