दाइजो नलिइ चाँदनीसँग बिहे गर्ने कोही केटा छ ?


प्रकाशित मिति :2016-09-17 10:00:12

प्रतिमा सिलवाल

chadani1
कपिलवस्तु जिल्लाको वभनी गाउँकी २४ वर्षे युवती हुन् चाँदनी श्रीवास्तव । भदौको दोस्रो साता उनको गाउँ पुग्दा किशोरीहरू छलफल गर्दै थिए । चाँदनी छलफल चलाउँदै थिईन् । चाँदनीको समूहका सबैजसो किशोरी १५/१६ वर्षका थिए । उनीहरू मध्ये सबैजसोे किशोरीको विवाह भइसकेको थियो । बाँकी थियो ‘मगनी’, अर्थात्, श्रीमानको घर जाने साइत ।

स्नातक गरेकी चाँदनी ति किशोरीहरूको बैठक बसाउने र छलफल गर्नको लागि एक गैरसरकारी संस्थाले नियुक्त गरेको सामाजिक परिचालक रहिछन् । चाँडो विवाह गर्नु हुँदैन, पढ्नुपर्छ, महिला शिक्षित हुनुपर्छ, दाइजो दिएर/लिएर विवाह गर्नुहुन्न भन्ने विषयमा किशोरी समूहमा छलफल चलाउने चाँदनी भने आफैँ दाइजोका कारण मानसिक पीडामा रहिछन् ।

चाँदनीको पाँच महिनापछि विवाह गर्ने परिवारमा लगभग टुङ्गो लागिसकेको छ ।  उनको फोटो बुबा मार्फत केटा पक्षकहाँ पनि पुगिसकेको छ । ‘मेरो फोटो देखेपछि विवाहको लागि केटा राजी छ रे’ चाँदनीले  थपिन् – ‘दहेज चाँही  पाँच लाख रुपैयाँ मागेको रहेछ ।’

मैले चाँदनीलाई सुझाएँ – तिमी पढेकी, बुझेकी छौ । तिमीसँग विवाह गर्ने केटालाई फोन गरेर तौलिहवा बोलाउ । अनि भन – तिमी र म दाइजो नलिइ विवाह गरौं ।

मेरो सुझावमा चाँदनी झस्किइन् – ‘आबुई १ मैले कहाँ फोन गर्नु १ बाबालाई उसले भनिदियो भने मेरो विहे नै हुँदैन ।’ मसँग उल्टै प्रस्ताव राखिन् – ‘बरु मसँग बिहे गर्ने एउटा केटा खोजिदिनुस् न । जसले दाइजो पनि नलियोस् र मलाई माया पनि गरोस ।’

नाजवाफ म , चाँदनीलाई त्यतिबेला तिमीलाई बिहे गर्ने केटो खोजिदिन्छु भन्न सकिनँ, तर आज यो लेख मार्फत सार्वजनिक प्रश्न गर्न चाहन्छु – दाइजो नलिई चाँदनीसँग विहे गर्ने कोही केटा छ रु

चाँदनीको परिवार सामान्य किसान हो । बुबा खेतीपाती गर्छन् । आमा महिला स्वास्थ्य स्वयंसेविका रहिछन् । चाँदनीको परिवारमा छजना दिदीबहिनी र दुईजना भाइ छन् । चारजना दिदीको बिहे भइसक्यो । पाँचौ नम्बरकी हुन् उनी । छोरा छोरीको पढाइमा विभेद गर्नुहुँदैन भनेर उनको परिवारले चाँदनीलाई स्नातकसम्म पढाए । तर, धेरै पढेकोले उनको बिहेको मोल पनि बढ्यो पाँच लाख रुपैयाँ ।

‘दिदीहरूको ३/४ लाख रुपैयाँसम्म दाइजो दिएर बिहे भयो । मेरो चाँही धेरै पढेकाले पाँच लाख रुपैयाँ मागेको रे, अझै बिहेको खर्च, केटालाई औंठी, चेन त छुुट्टै दिनुपर्छ’ चाँदनीले भनिन् ।  चाँदनी भित्र दाइजो विराधी आक्रोश नभएको होइन् । थप्छिन् – ‘दाइजो दिएर मात्रै पुग्छ र १ विहेपछि ससुरालमा एउटा सानो काम बिग्रियो भने जलाउँछन् ।’

हुन त उनलाई दाइजो दिएर विहे गरिसकेपछि श्रीमानको घरमा गएर केही काम नगरी बसुँ झैं पनि लागेको छ । तर, त्यो आक्रोश परिवारको पुरुष सदस्यका अघि देखाउने हिम्मत उनमा कहाँ १ बुबाको अगाडि कहाँ त्यस्तो कुरा गर्न सक्नु रु मैले फेरि चाँदनीलाई सोधें – केटालाई दिने दाइजोको रकम तिमी आफैले जम्मा गरेको छौ त रु उनले भनिन् ‘कहाँ गर्नु, मेरो तलबले त मेरै खर्च ठिक्क हुन्छ । बुबाले जग्गा बेचेर मेरो बिहे गर्नुहुन्छ ।’

स्नातक पास चाँदनीलाई आफूसँग विहे गर्ने केटाबारे समेत केही थाहा छैन । न त उसको पढाई, न त नोकरीबारे नै । त्यस्तो कुरा बुबासँग गर्न नहुने उनले सिकेकी छिन् । अभिभावकको निर्णयमा चुपचाप बिहे गर्नुपर्ने र मागेजति दहेज केटालाई दिनुपर्ने निर्धारित सीमा नाघ्ने आँट उनले अझैपनि गर्न सकेकी छैनन् ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ ले विवाहमा ५१ जनाभन्दा बढी जन्ती लैजान र भोजमा बोलाउन नपाइने व्यवस्था गरेको छ । साथै विवाहमा तिलक लिन, दिन नहुने, राजीखुसीले पनि १० हजारभन्दा बढी दाइजो लिन/दिन नहुने व्यवस्था छ । तर, तराइमा विवाहको नाममा छोरीको खुलेआम किनबेच हुन्छ । मानौं, छोरी बिक्रीका लागि राखिएको एक साधन हो । तर, राज्य, स्थानीय प्रहरी प्रशासन मौन छन् । यस्तो लाग्छ  दहेजको नाममा छोरीहरू आफ्नै समुदायमा भएको बिक्रीको उनीहरूलाई कुनै जानकारी नै छैन ।

छोरीले जति धेरै पढिन् त्यति धेरै दाइजो दिनुभन्दा दशवर्ष उमेर कटेपछि विवाह गरिदिने । तीनदेखि पाँचवर्षसम्म माइतीमै राख्ने । अनि ‘गौना’ अर्थात् निश्चित कर्म गरेर श्रीमानको घर पठाउने सामाजिक प्रथामा नै स्थानीय अभ्यस्त छन् । रकम तिरेर बिहे गर्नुपर्ने भएपछि एकातिर छोरी अभिभावकको बोझ बनिरहेका छन्  त्यसैले जतिसक्दो कम मोलमा उनीहरूको विवाह गरिदिन पाए अभिभावकले पनि  पनि बोझबाट मुक्तीको अनुभव गर्ने रहेछन् ।

कपिलवस्तुको दक्षिणी भेगका २६ वटा गाउँ विकास समितिमा माध्यामिक विद्यालय छैन । सातवटा गाउँ विकास समितिमा निम्न माध्यामिक विद्यालय छैन । हुन त धेरै गैरसरकारी संस्थाले छोरी पढाउनुपर्छ भनेर समुदायमा चेतना दिइरहेका छन् । तर, छोरीलाई नपढाउने मूल जरो दाइजो उन्मूलन गर्न उनीहरूले गरेको पहल सार्थक देखिएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: