महिला सङ्घकाे अध्यक्षमा उमा रेग्मी


प्रकाशित मिति :2016-09-17 08:11:27

महिला खबर

uma-didiकाठमाडौ‌ । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी हुनुभएको छ ।

शनिबार मध्यराती सकिएको मतदानमा  रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गर्नुभएको छ

प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।

यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गर्नुभएको छ ।

दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए ।

निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: