विदुर आचार्य
सिन्धुपाल्चोक । मानसिक सन्तुलन गुमाएकी महिलाको उपचारार्थ सहयोग रकम संकलनको लागि एकल कविता वाचन भएको छ । लामो समयदेखि मानसिक सन्तुलन गुमाएकी चौतारा नगरपालिका–९ की तारादेबी रानामगरको उपचारका लागि सुरेश बुढाथोकीको एकल कविता वाचन तथा सहयोग संकलन कार्यक्रम शुक्रवार सदरमुकाम चौतारामा सम्पन्न भएको हो ।
भैँसेपाटी स्थित कोशिस नामक उपचार केन्द्रमा उनको उपचार भैरहेको र उपचारको लागि दैनिक छ सय लाग्ने उपचार केन्द्रका महेश तिमल्सिनाले जानकारी दिए । पारिवारिक अवस्था अत्यन्तै सामान्य रहेको रानामगरको उपचारमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको सिन्धु साहित्य अभिलेखालय को संयोजक किशमा किशोरले जानकारी दिए । ‘साहित्यले समाजको अवस्था मात्र दर्साउदैन, असामान्य अवस्थालाई सुधार गर्न सहयोग पनि गर्छ भन्ने उदाहरण हो यो ।’ उनले भने,‘सामाजिक अवस्था र आवश्यकता सँग साहित्य अत्यान्तै निकट रहनुपर्छ ।’
स्वेच्छिक सहयोग रु १ सय देखि ५ हजार सम्म सहयोग मिलेको छ । संकलन भएको कुल ६६ हजार शुक्रवार नै रानामगरको परिवारलाई हस्तानतरण गरिएको छ । सहयोग रकम बुझ्दै रानामगरको पन्ध्र वर्षिय छोरा सुजन रानामगरले आफ्नो आमाको उपचार संभव भएको भन्दै सहयोगी हातहरु प्रति आभार व्यक्त गरे ।
Comment Here!