महिला खबर
सुनसरी । इटहरीमा पाँच दिने महिला हिंसा विरुद्ध प्रतिरक्षात्मक खेलकुद प्रशिक्षण तालिम शुरु भएको छ । तालिमको उद्घाटनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले महिला खेलाडी स्वस्थ्य, तन्दुरुस्त हुनुका साथै प्रतिरक्षा कलामा निपूर्ण हुने हुनाले हिंसामा पर्ने सम्भावना कम हुने बताउनुभएको छ ।
‘महिला हिंसा विरुद्ध उत्तम विकल्प, खेलकुदमा महिला सहभागिता हाम्रो संकल्प’ नामक अभियान अन्र्तगत इटहरीमा पाँच दिने तालिम सुरु गरिएको हो । सचिव बिष्टले तिहार पछि एक हजार छात्रा र महिलाका लागि इटहरीमा पुनःतालिम आयोजना गर्ने जानकारी दिनुभयो ।
ताालिममा पूर्वका विद्यालय र कलेजका छात्रा साथै महिला सञ्जालमा आवद्ध महिला र महिला सञ्चारकर्मी गरि एक सय पचास जनाको सहभागिता छ । कराँते प्रशिक्षकहरु मोहन विश्वकर्मा, सुनिता श्रेष्ठ, ज्ञानी चुनारा र यम कुमारी चौलागाँइले रहका छन् । प्रशिक्षक मोहन विश्वकर्माका अनुसार प्रशिक्षार्थीहरुलाई महिला हिंसाका वारेमा जानकारीका साथै प्रतिरक्षा गर्ने कला समेत सिकाइने छ ।
Comment Here!