महिला खबर
सुनसरी । सप्तकोसी नदीमा डुंगा पल्टदा वेपत्ता १३ जना मध्ये १० जनाको नाम खुलेको छ । ती मध्ये पाँच जना महिला,चार जना वालिका र एक जना डुंगा ठेकेदार छन । डुंगामा चढेका ५९ जना मध्ये १३ जना हराइरहेका छन् । ४६ जनाको भने हिजै सकुशल उद्धार गरिएको थियो ।
ती १३ जना मध्ये १० जनाको नाम खुलेको छ । महेन्द्रनगर वडा नं. ४ का गोल्छा झाकी ७ वर्षीया छोरी रेखा, २५ वर्षीया मीना झा र उहाँकी ३ वर्षीया छोरी पूजा वेपत्ता छन् । यस्तै, महेन्द्रनगर वडा नं. ४ कै पटवारी उरावकी १५ वर्षीया छोरी, ४५ वर्षीया पार्वती चन्द्रवंशी, ४० वर्षीया सकुन्तला चन्द्रवंशी, प्रकाशपुर वडा नं. ४ की ३० वर्षीया सीता कविरथ, वडा नं. ५ का गोल्टु चन्द्रवंशीकी १२ वर्षीया छोरी र ५५ वर्षीया तनमदेवी यादव बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ठेकेदार तुफानी चन्द्रवंशी पनि बेपत्ता छन् । वेपत्ता भएका अन्य तीन जनाका बारेमा अझै थाहा हुन नसकेको प्हरीले जनाएको छ । वेपत्ताहरूको आज विहानैदेखि खोजीकार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।
वेपत्ताको खोजीका लागि पाँच वटा टोली परिचालन गरिएको छ । मोटरवोट र डुंगामार्फत खोजी जारी राखिएको छ । सुनसरीको प्रकाशपुरस्थित श्रीलंका टप्पुबाट कोशीदेखि प्रकाशपुर बजार तर्फ आँउदै गरेको डुंगा शनिबार मध्यान्न पौने वाह्र वजे सप्तकोसी नदीमा पल्टिएको थियो ।
श्रीलंका टप्पुमा १२ हजारको वसोवास छ । उनीहरूको आउ जाउको एकमात्र साधन डुंगा हो । श्रीलंका टप्पु चारैतिर सप्तकोशी नदीले घेरिएको बस्ती हो ।
Comment Here!