महिला खबर
काठमाडौं । मोडल तथा सञ्चारकर्मी कृति भट्टराईले व्यवसाय शुरु गरेकी छिन् । काठमाडौंको नयाँ बानेश्वर थापागाउँ स्थित अग्र्यानिक एसप्रेसो कफि सप खोलेकी कृतिले पूर्ण रुपमा अग्र्यानिक हुने बताईन् । उनले भनिन् ‘यहाँ ललितपुरमा उत्पादन भएका विशुद्घ अग्र्यानिक कफि पाईन्छ ।’
सञ्चारकर्ममा भन्दा फरक पेशाको अनुभव बटुल्नको लागि कफि सप खोलेको बताईन् । भनिन् ‘सञ्चार क्षेत्र भन्दा पर औधोगिक क्षेत्रको अनुभव बटुल्न र थप सामाजिक दायित्व पुरा गर्नको लागि खोलेकी हुँ ।’
एसप्रेसो कफि सपमा कफि लगायत मःम, स्यान्डवीच तथा बेकरी आईटम पाईने जानकारी दिईन् । सनिबारदेखि संचालनमा आएको कफि सपको उद्घाटन युवा नेताद्वय लक्ष्मी खतिवडा, रामकुमारी झाँक्री र नेपाली सिने जगतकी चर्चित नायीका रेखा थापाले सयुंक्त रुपमा रिबन काटेर गरेका थिए ।
Comment Here!