गाउँ निकालिएकी पीडित महिला फर्किंदा गाउँलेले दिए मार्ने धम्की


सरकारी कर्मचारीद्वार बलात्कारमा परी गर्भवती भएपछि चरित्रहीनको आरोप

प्रकाशित मिति :2016-09-18 16:49:21

आफू पीडित हुँदा पनि आफै गाउँ निकालिनुपर्ने, तर पीडक इज्जतसहित गाउँमा खुल्लमखुल्ला हिँड्ने  यो कस्तो बाध्यता र न्याय हो ?

नन्दा थापा
बाजुरा  । सरकारी कर्मचारीले जर्वजस्तीकरणी गरेर गर्भवती बनेपछि गाउँ निकालिएकी बाजुराकी एक महिला गाउँ फर्केपछि गाउँलेले मार्ने धम्की दिएका छन् ।   २८ वर्षीया विस्ना देवी ल्वारलाई  ब्रह्मतोला गाविसका कार्यालय सहयोगी गोकुले देउवाले बलात्कार गरेर गर्भवती बनेपछि चरित्रहीन भन्दै एकमहिना अघि   गाउँलेले जर्वजस्ती गाउँ निकाला गरेको हुन् ।  गाउँमा बस्न नदिएपछि ल्वार  चार जना छोराछोरीसहित  भारत गएकी थिइन्  । आफ्नो गर्भ बढ्दै गएको र छोराछोरी पाल्न समस्या भएको भन्दै उनी अहिले गाउँ फर्केर आफन्तकोमा शरण लिइरहेकी छन् ।

प्रहरीमा खबर गरे मारिदिने धम्की गाउँलेले दिएको भन्दै आफूलाई सहयोग गर्न उनले पत्रकारलाई गुहारेर समाचार लेखिदिन आग्रह गरेकी हुन् ।  विस्नाले भनिन्, ‘देउवाको जर्वजस्तीकरणीबाट गर्भ रहेकै कारणले गाउँलेहरू मिलेर मलाई भारत जान भने, कहिल्यै नफर्किन भनी गोकुले देउवाले ९० हजार रुपैयाँ समेत जवरजस्ती दिएर पठाए ।’

गर्भपतन गर्न देउवाले उक्त रकम दिएको ल्वारको भनाइ छ । कार्यालय सहयोगी देउवाले ल्वार सुतिरहेका बेला गतमाघ महिनामा  राती उनको घरमा  जर्वजस्ती घुसेर बलात्कार गरेको पीडित विस्ना ल्वारले बताइन् । यसअघिपनि बिभिन्न वहानामा आफ्नो घर आउने र आफूलाई जर्वजस्ती यौन सम्बन्ध राख्न दवाव दिने गरेको विस्ना बताउँछिन्  ।

ल्वारका श्रीमान दोस्रो विवाह गरी पाँच वर्षदेखि भारतमा बस्दै आएका छन् । प्रहरीमा उजुरी गरे गाउँलेले  मारिदिने धम्की दिएको र   आफ्नो समस्यालाई स्थानीय अधिकारकर्मीले समेत गम्भीर रुपमा नलिएको उनले गुनासो गरिन् ।

मेलापात गरी चार छोराछोरीको पालनपोषण गर्दै आएकी  उनलाई  उल्टै अपराधीको आरोप लगाउँदै गाउँमा अपराधीलाई बस्ने कुनै अधिकार नभएको भनेर गाउँलेले गाउँ छोड्न बाध्य बनाएको विस्ना बताउँछिन् ।

ब्रह्मतोला स्वास्थ्य चौकीका पियन चरणसिंह भण्डारीले गाउँ निकाला गर्न  ९० हजार रुपैयाँको कागज लेखेर आफूलाई राती १ बजे रकम जवरजस्ती दिएको विस्नाले भनिन् । उनले आफूले गाउँ नछोड्ने कुरा गर्दा  गाउँबाट नगए जे पनि हुन सक्छ भन्दै गाउँ छाड्न बाध्य बनाएको बताईन् ।

विस्नाले भनिन्, ‘आफूलाई न्याय खोज्नका लागि नजिकै रहेको प्रहरीमा खवर गर्छु भन्दा कहीँकतै खवर गरेमा नराम्रो हुने भन्दै धम्की दिएकाले डरले प्रहरीमा उजुरी दिन छोरा चेतराज ल्वावर  मानेनँ ।’ गाउँ निकालिएको एक महिनापछि घर फर्किए पनि पीडक देउवाले आफू र आफ्ना छोराछोरीलाई केही गर्छ की भन्ने चिन्ता लागेको उनले बताइन् ।

पीडक देउवाले मदिरा सेवन गरी जर्वजस्ती करणी गरेकाले गर्भ रहेको स्वीकार गरेका छन् । आफू पीडित हुँदा पनि आफै गाउँ निकालिनुपर्ने, तर पीडक इज्जतसहित गाउँमा खुल्लमखुल्ला हिँड्ने  यो कस्तो बाध्यता र न्याय हो ? विस्नाको प्रश्न थियो ।

‘आफू कमजोर भएकाले कहीँ कतै नभनेर गाउँ निकालिएकी हुँ, मेरो साथमा कोही नभएकाले बालबच्चा लिएर गाउँ छाड्नु परेको हो’ रुँदै उनले भनिन्  । अधिकारका कुरा गर्नेहरू दुःखमा कुनै साथ र सहयोग नै गर्दैनन् अनि हामीलाई कस्ले गाउँ बस्न दिन्छ र ?’

गाविसमा रहेका महिला अधिकार, बाल अधिकार र दलित अधिकार मञ्च, महिला र बालबालबालिका क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले विस्नाको पक्षमा बोल्नुको  साटो तिरस्कार गरिरहेको भन्दै उनले सहयोगको याचना गरेकी हुन्  । गाउँ निकालिदाँ आफ्ना छोराछोरीको पढाइ समेत विग्रेको विस्नाले बताइन् ।

‘आमालाई गाउँ निकाला गरेपछि हामीले पनि स्कुल पढ्न नपाउँने भयौं भन्दै विद्यालयमा किताव बुझाएर सँगै गयौं  बिस्नाका जेठा छोरा चेतराजले भने ।  आफ्नो र भाइ बहिनीको पढाइमा घाटा भएकोमा उनको चिन्ता थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: