औषधी व्यवसायी संघमा ४३ वर्षपछि महिला


प्रकाशित मिति :2016-09-19 15:05:53

महिला खबर

aushadhi

सिरहा । नेपाल औषधी व्यवसायी संघ ,सगरमाथा अन्चल शाखा स्थापनाको  ४३ वर्षको इतिहासमा शाखाको कार्यसमितिमा पहिलो पटक महिला आएकी छन् ।

शाखाको १० ‍‍‍‌‍औँ अधिवेसनबाट  अन्चल शाखाको कार्यसमिति सदस्यमा जानुका पराजुलीलाई  आएकी हुन् । अधिवेसनमा करिब चारसय भन्दा बढी व्यवसायिक  सदस्य सहभागी भएपनि   महिला छजनामात्र थिए ।

सिरहाको लहानमा  भएको अञ्चल अधिवेसनले श्याम प्रसाद राउतको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको थोक उपाध्यक्षमा सन्तोष कुमार अग्रवाल, खुद्रा उपाध्यक्षमा फैयाज अन्सारी , महाँसचिब अनिल उपाध्याय ,कोषध्यक्ष उमा प्रसाद चौधरी लगायतका रहेका छन् ।

नेपाल औषधी व्यवसायी संघको केन्द्रिय समितिमा पनि महिला सदस्य छैनन् । औषधी व्यवसाय लाईसेन्स प्राप्त व्यक्तिले मात्र संचालन गर्न पाउने व्यवस्था भएकाले लाईसेन्स पाएका महिला  नभएको हुुँदा समितिमा महिला सदस्य ल्याउन नसकेको नेपाल औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताउनु भयो ।

आगामी दिनमा महिलालाई समितिमा समावेश गर्न सक्दो प्रयास गर्ने श्रेष्ठले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: