चट्याङ लागेर तीनजना बालकको मृत्यु


प्रकाशित मिति :2016-09-20 10:22:47

महिला खबर
सुनसरी । मोरङको कोशी–हरैचामा चट्याङ लागेर तीनजना बालकको ज्यान गएको छ दुईजना घाइते भएका छन् । ज्यान गुमाउनेमा कोशी–हरैचाका १३ वर्षीय चिराक खुलाल, सोही ठाउँका १२ वर्षीय राहुल सुब्बा र १३ वर्षीय सन्देश उराउको रहेका छन् । चट्याङ लागेर सोही ठाउँका १० वर्षीय  रोशन भट्टराई र ११ वर्षीय आनन्द भट्टराई घाइते भएका छन् । सोमवार दिउँसो १ः५५ बजे बाघझोडामा रहेको चौरीमा खेल्दै गर्दा उनीहरुलाई चट्याङ लागेको हो । चट्याङ लागेर गम्भिर घाइते भएका चिराक र राहुलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको हो भने सन्देशको उपचारका लागि धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी विराटचौकले जनाएको छ । घाइते दुइजनाको धरानमा उपचार हुँदैछ ।

त्यसैगरी मोरङको मधुमल्लाको बक्रा खोलामा डुबेर  एक बालकको निधन  भएको छ । ज्यान गुमाउनेमा मधुमल्ला–४ खाबेझोडा बस्ने टिकाराम खड्काको ३ वर्षीय छोरा परेन्ता खड्का रहेका छन् । घर नजिकै रहेको खोलामा बालकलाई उनका बाबुले डुबिरहेको अबस्थामा भेटेका थिए । उनलाई उपचारका लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।

यस्तै सुनसरीको सिमरीयाकी ३५ वर्षीया सुनिता साहको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ । दिउँसो आफ्नै घरको कलमा पानी तान्ने मोटर जोडेर नुहाउने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएकी साहको दुहवी सामुदायिक अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: