महिला खबर
स्याङ्जा । स्याङ्जामा एक वर्षमा १३१ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अन्तरजातीय विवाह, घरेलु हिंसाका कारण पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा पर्ने क्रम बढेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७२र७३ को असार मसान्तसम्म १५६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा २५ वटा मुद्दा चालु आ वमा सरेको अधिकारीले बताउनुभयो । सम्बन्धविच्छेदमध्ये ६० प्रतिशत प्रेम विवाह गर्ने जोडी रहेका छन् । वैदेशिक रोजगार र गरिबीका कारण पनि सम्बन्धविच्छेद घटना बढ्दै गएको छ ।
Comment Here!