निष्प्रभावी एकद्वार संकट व्यवस्थापन केन्द्र


प्रकाशित मिति :2016-09-20 12:44:29

सर्मिला बुढाथोकी

एकद्वार संकट व्यवस्थापन केन्द्रकी स्वास्थ्यकर्मी

एकद्वार संकट व्यवस्थापन केन्द्रकी स्वास्थ्यकर्मी

दोलखा । दोलखामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा अहिलेसम्म ४१ जना हिंसा प्रभावित महिलाले सेवा लिएका छन् ।

२०७२ माघ ११ गतेबाट शुरु भएको एकद्वार संकट व्यवस्थापन केन्द्रमा हिंसा पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा स्वास्थ्य परिक्षण, प्रहरी सेवा, कानुनी उपचार, सरकारी निकायसँग समन्वय, विविध विज्ञान परिक्षण सेवा, सुरक्षित आवास गृह सेवा लगायतको सेवा उपलब्ध गराईने एकद्वार संकट व्यवस्थापन केन्द्रकी शारदा उप्रेतीले जानकारी दिईन् ।

एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना भएको ८ महिनाको अवधिमा  २८ जनालेमात्र सेवा लिएको केन्द्रकी शारदा उप्रेतीले जानकारी दिईन् ।  उपे्रतीका अनुसार सबैभन्दा बढी घरेलु हिंसाबाट प्रभावित महिला सेवा लिन आएका छन् ।

एकद्वार संकट व्यवस्थापन केन्द्रक र यसले दिने सेवाका बारेमा धेरै महिलालाई जानकारी नभएको र केन्द्रमा आवश्यकता अनुसारको साधन स्रोत  नभएका कारण सेवा लिन पुग्ने महिलाको संख्या न्युन रहेको महिला अधिकारकर्मीहरूको भनाई छ ।

केन्द्रमा सेवा लिनसक्ने व्यवस्थाबारे महिलालाई जानकारी गराउने गरिएको र केन्द्रमा महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला अधिकारकर्मीलगायतको समन्वयमा हिंसा पीडित तथा अन्य समस्या भएका महिला सेवा लिन जाने गरेको महिला तथा बालबालिका कार्यालय दोलखाकी प्रमुख लक्ष्मी ढकालले बताईन् । केन्द्रमा अहिले एउटा कोठा र दुई जना स्टाफ नर्स छन् । थप व्यवस्थापनका लागि सरोकारवाला निकायबाट पहल भै रहेको ढकालको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: