महिला खबर
ललितपुर। विद्यालयमा बम पडकाएर आतंक मच्चाउनेलाई तत्काल कार्वाही गर्न नेकपा एमाले निकट अनेरास्ववियुले माग गरेको छ। अनेरास्ववियुले एक विज्ञप्ति जारी गरी विद्यालयमा बम विष्फोट हुनु र बम भेटिनु क्रुर अमानवीय, मानवता, शान्ति विरोधी र आतकंकारी क्रियाकलाप भएको भन्दै यसमा संलग्नलाई तत्काल कार्वाही गर्न माग गरेको छ।
साथै शिक्षा क्षेत्रमा शान्ति सुरक्षा कायम राखी बालबालिकालाई हिंसारहित वातावरणमा पढ्न पाउने अवस्था बनाउन पनि अनेरास्ववियु की अध्यक्ष नविना लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
Comment Here!