जेष्ठ नागरिकलाई सीपमुलक तालिम


प्रकाशित मिति :2016-09-21 12:48:03

सृजना अर्याल

चितवन। जेष्ठ नागरिकको सम्मान, सभ्य समाजको पहिचान भन्ने मुल नाराका साथ जेष्ठ नागरिकहरुका लागि १ दिने शिपमुलक तालिम दिइएको छ ।

20160920_144430

हेल्पएज इन्टरनेशनलको सहयोग तथा मानवअधिकारका लागि एकल महिला समूह चितवनको आयोजनामा जेष्ठ नागरिकहरुलाई रसवरी, निम्की, मिठाई र पुरी बनाउन सिकाइएको थियो ।

तालिममा १२ महिला सहित २० जना जेष्ठ नागरिकको सहभागिता रहेको थियो । जिल्लाको साविक गा.वि.स गुञ्जानगर, पार्वर्तीपुर, दिव्यनगर र शारदानगरका जेष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको मानव अधिकारका लागि एकल महिला समूह मध्यमान्चलकी संस्थापक अध्यक्ष विष्णु माया पाण्डेले जानकारी दिनु भयो । जेष्ठ नागरिकले पनि अर्थोपार्जन गर्न सक्छन् भन्ने सन्देश दिन सिपमुलक तालिमको आयोजना गरिएको अध्यक्ष पाण्डेले प्रष्ट्याउनु भयो ।

तालिममा सहभागी जेष्ठ नागरिक समाज पार्वतीपुर का अध्यक्ष बेल बहादुर थापाले तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने आशा रहेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: