जेष्ठ नागरिक परिचयपत्र वितरण सुरु


प्रकाशित मिति :2016-09-21 13:03:58

महिला खबर

received_10208648482904233
दोलखा । दोलखामा जेष्ठ नागरिक परिचयपत्र वितरण शुरु भएको छ । ६० वर्ष पूरा भएका  जेष्ठ नागरिकलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा एवं उपचार तथा सार्वजनिक सवारीमा छुट लिन सजिलो होस भन्ने उद्देश्यले जेष्ठ नागरिक परिचयपत्र वितरण गर्न लागिएको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष ०७३/७४ बाट देशभरी यो काम शुरु भएको छ । परिचय पत्र वितरण कार्यक्रम अन्तर्गत दोलखमा अहिलेसम्म भीमेश्वर नगरपालिका, जिरी नगरपालिका र विभिन्न गाविसका गरी २ सय ८२ जना जेष्ठ नागरिकले परिचयपत्र पाएको  अधिकृत ढकालको भनाई छ ।

परिचयपत्र लिन कार्यालयसम्म आउन नसक्ने उमेर पुगेका असक्त जेष्ठ नागरिकका लागि भने आफन्तले पनि लिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । परिचयपत्र लिन आउँदा आफन्तले परिचय खुलाउने कागजात पेश गर्नुपर्ने प्रावधान रहको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: