लैंगिक समानता सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


प्रकाशित मिति :2016-09-21 14:28:01

 महिला खबर
sushil-k-shresthaकाठमाडौं । विहीवारदेखि काठमाडौंमा लैङ्गिक समानता सम्बन्धि अन्तर्राष्ट्रिय  सम्मेलन हुने भएको छ । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले लैङ्गिक समानता तथा सामाजिक न्यायका बिषयमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो । महिलाको सहभागिता बढाई उनीहरूलाई नेतृत्व तहमा पुर्‍याउन के गर्न सकिन्छ भनेर छलफल गर्न सम्मेलनको आयोजना गर्न लागिएको समितिका सभापति शुशील कुमार श्रेष्ठले जानकारी दिनुभयो ।  सम्मेलनमा नेपाललगायत भुटान, म्यानमार र डेनमार्कका मन्त्री, महिला अधिकारकर्मी र सांसद सहभागी हुनेछन् ।

सम्मेलनमा भाग लिन भुटान र म्यान्माका मन्त्री, सांसद तथा अधिकारकर्मी  काठमाडौं आइसकेका छन् ।  भुटानका १५ सांसदको प्रतिनिधित्व गर्दै निर्माण तथा मानवीय बस्ती मन्त्री ल्यान्पो दोर्जी छोडेन र म्यान्माका सांसद खिन स वाईको नेतृत्वमा १० सदस्यीय सांसद टोली काठमाडौं आइसकेको जानकारी सभापति  श्रेष्ठले दिनुभयो । सम्मेलनमा भुटान, म्यान्मार र डेनमार्कमा महिलाको सहभागिता र नेतृत्व कस्तो छ भन्ने विषयमा पनि छलफल र अनुभव आदान प्रदान हुनेछ । महिलाको सहभागितामात्रै होइन नीति निर्माणमा दख्खल दिने खालको अर्थपूर्ण सहभागिता कसरी गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिने सभापति श्रेष्ठले बताउनुभयो ।

सम्मेलनमा  सवै देशका प्रतिनिधिले आफ्नो प्रस्तुति राख्नेछन् । नेपालका तर्फबाट सांसद अष्टलक्ष्मी शाक्य र पुर्वशिक्षामन्त्री चित्रलेखा यादवले नेपालमा महिला सहभागिता र अधिकारको आन्दोलनका विषयमा प्रस्तुति राख्ने उहाँले जानकारी दिनुभयो ।  सम्मेलनको अन्तिम दिन असोज ७ गते काठमाडौं घोषणापत्र जारी गरिने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: