स्थानीय तहमा संविधान अनुसार महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छः कोइराला
महिला खबर
काठमाडौं । नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन छिटो गराउनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको ‘दसैं, तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता कोइरालाले छोटो समयमा धेरै निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कोइरालाले स्थानीय तहमा संविधानले प्रत्याभूत गरेअनुसारको महिला प्रतिनिधित्व सुनिश्चित हुनेपर्नेमा जोड दिँदै स्थानीय निकायको निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीभित्रका निर्वाचनमा केही मतभिन्नता भए पनि अरु चुनाव लड्दा एक भएर लागेमात्र विजयी सुनिश्चित हुन्छ ।’उहाँले संविधान कार्यान्वयनमा सबै दलहरु एक हुनु आवश्यक रहेको बताउँदै मुलुकलाई विकासको बाटोमा लैजानुपर्ने बताउनुभयो ।
Comment Here!