महिला खबर
एजेन्सी। भारतको दिल्लीमा एक जना पुरुषले चक्कु प्रहार गरी एकजना महिलाको हत्या गरेका छन्। उक्त पुरुषले दिल्लीको ब्यस्त गल्लीमा उनीलाई २० पटक चक्कु हानेर हत्या गरेका थिए। अन्य भारतिय नागरिकहरूले यसरि महिलामाथि खुलियाम अत्याचार हुदाँ पनि त्यो दृश्य हेर्दै कुनै पनि हस्तक्षेप या सहयोग नगरि गल्लिबाट गइरहेका मानिसहरु प्रति आपत्ति जनाएका छन् र यसले मानवियतामाथि प्रश्न चिन्ह खडा गरेको छ।
सीसी क्यामेरा फुटेजमा देखाइए अनुसार बाइकमा आएका एक जना पुरुषले २२ वर्षीया शिक्षिका करुणाको हत्या गरेका छन्। उनले शुरुमा महिलाको टाउकोमा ढुङ्गाले हाने अनि चक्कुले हानिरहेका थिए, तर मानिसहरू यो घटनालाई बेवास्ता गर्दै त्यहीबाट हिँडिरहेका थिए।
‘घटना भइरहँदा एकजनाले पनि आक्रमणकारीलाई रोक्ने प्रयास गरेनन्, उल्टै डराएर घटनास्थलबाट बाहिर गएको सीसी क्यामेरा फुटेजमा देखाएको छ र धेरै जना घटना देखे नदेखे जस्तो गरेर हिँडिरहेका थिए’बीबीसीले भनेको छ।
करुणा विहान आफ्ना अंकलका छोराछोरीसँग हिँडिरहेका बेला उनीमाथि आक्रमण भएको थियो। बरिष्ठ प्रहरी अधिकृत ईसा पाण्डेले बीबीसीलाई भने अनुसार आक्रमणकारी पहिला उनका छिमेकी थियो र त्यतिबेलादेखि करुणालाई मन पराउथ्यो, तर उ विवाहित भएकाले करुणाले ध्यान दिएकी थिइनन्।
पीडितका भाईका अनुसार आक्रमणकारीले पहिला पनि करुणालाई दुख दिने गर्दथ्यो । करुणाको परिवारले प्रहरीमा उजुरी पनि गरेका थिए। प्रहरीका अनुसार करुणाको परिवारले पाँच महिना अगाडि उजुरी गरेका थिए तर दुवैका परिवारको मिलोमतोमा सहमति भएको थियो।
Comment Here!