द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्ने वातावरण बनाउन माग


प्रकाशित मिति :2016-09-21 16:48:45

महिला खबर
काठमाडौं । द्वन्द्वकालमा भएका यौन हिंसा सम्बन्धि उजुरी गर्ने वातावरण सहज हुनुपर्ने माग एक कार्यक्रमका सहभागीले  गरेका छन् ।

द्वन्द्वकालका यौन हिंसामा संलग्नलाई पहिचान गरी उनीहरूलाई कारबाहीका लागि  पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो । यौन हिंसा प्रभावितलाई न्याय दिलाउन जिम्मेवार संयन्त्र बनाउनुपर्नेमा उनीहरूले जोड दिए  ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा महिला पुनःस्थापना केन्द्र (ओरेक), महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिलामञ्च नेपाललगायत संघसंस्थाको आयोजनामा बुधवार भएको  कार्यक्रममा  प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा स्वास्थ्य उपचारका लागि निःशुल्क र दीर्घकालीन सेवा उपलब्ध गराइदिनुपर्ने  माग पनि गरे ।

ओरेकका अध्यक्ष डा रेणु अधिकारीले सरकारले द्वन्द्वकालका बेला यौन हिंसाबाट प्रभावित भएकाहरूको दिगो जीविकोपार्जनको व्यवस्थासहित समाजमा आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार  सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम हुनुअघि  यौन हिंसाबाट प्रभावित महिलाको न्याय सुनिश्चितताः दिगो शान्तिको आधार’ भन्ने नाराका साथ विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले भृकुटीमण्डपबाट बानेश्वरस्थित संविधानसभा भवनअघिसम्म र्याली निकालेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: