पार्वती पाण्डे
कपिलवस्तु । परिवार नियोजनका अस्थाई साधन प्रयोग गर्न पुरुष नचाहने गरेको तथ्य बाहिर आएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा महेन्द्रकोट स्वास्थ्य चौकीमा भएको परिवार नियोजन योजना कार्यक्रममा यस्तो तथ्य वाहिर आएको हो ।
कार्यक्रममा उपस्थित महिलाले अस्थायी साधनको प्रयोग गर्न खोजे पनि श्रीमानले नमान्ने बताएका थिए । सुनिता शमा (नाम परिवर्तन) ले भनिन् ‘शारीरिक सम्पर्क गर्दा कण्डम लगाउँदा बच्चा जन्मिदैन, प्रयोग गरौं भन्दा श्रीमानले मान्नुहुन्न ।’
ग्रामीण भेगका धैरै जसो महिलाले यो साधनका वारेमा प्रयोग गर्न लाज मान्ने र यस वारे अन्य महिलासँग बोल्न पनि अप्ठ्यारो मान्ने गरेको स्वास्थ्य चौकि व्यवस्थापन समितिका सदस्य शारदा शर्माले बताए । अस्थायी परिवार नियोजनका साधनहरु प्रयोग गर्दा हुने फाइदाका वारेमा आम जनमानसमा त्यसमा पनि पुरुष र महिलालाई राखेर जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने जोड दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका परिवारनियोजन फाट प्रमुख मधुकर घिमिरेले परिवार नियोजनका अस्थाई साधन प्रयोग गर्न श्रीमान श्रीमती सहमत हुनु पर्ने बताए । अस्थाई साधनको प्रयोग गर्नाले स्वास्थ्य सुखी जीवन एवं परिवार नै सुखी हुने उल्लेख गरे । महेन्द्रकोट स्वास्थ्य चौकि इन्चार्ज रामनारायण गुप्ताले परिवार नियोजनका अस्थाई साधनहरुका बारेमा जानकारी गराउन अवस्था वुझ्न यस क्षेत्रका सबै महिला स्वयंसेवीकाहरुलाई राखेर कार्यक्रम गरिएको जानकारी दिए । परिवार नियोजनका अस्थाई साधनहरुलाई प्रयोग गर्न सिकाउने, फाईदाका बारेमा जानकारी गराउने, पुरुषलाई कार्यक्रममा सहभागी गराउने जस्ता कार्यलाई अभियानकै रुपमा लाने तयारी रहेको बताए ।
Comment Here!