हिंसा विरुद्ध सिर्जनात्मक कार्यक्रम गर्न सुझाव


प्रकाशित मिति :2016-09-22 12:16:14

महिला खबर
सुनसरी । सुनसरीका नागरिक समाज र सरोकारवालाहरुले अन्यायमा परेका महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पुर्‍याउन सचेतना तथा सिर्जनात्मक कार्यक्रममा अझ जोड दिनुपर्ने बताएका छन ।

मानवअघिकार सञ्चार प्रतिष्ठानले सुनसरीको इनरुवामा गरेको छलफल कार्यक्रममा उनीहरुले सुनसरीको दक्षिणी भेगलाई केन्द्रीत गरेर सचेतनामूलक कार्यक्रम सचालन गरिनुपर्ने वताएका छन ।

मानवअधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईले संघसस्थाको कृयाशिलता र सञ्चारमाध्यमको सकृयताले हिँसा सहेर वस्नु हुदैन भन्ने मानसिकता बन्दै गएको बताए । तर स्थानीय स्तरमै मिलाउन खोज्ने र त्यहाँ नमिलेपछि मात्र न्यायको पहुँचमा आउने गरेका कारण न्याय प्राप्त गर्न समस्या हुने गरेको भट्टराईले बताए ।

गैरसकारी सस्था महासँघ सुनसरी अध्यक्ष लखनलाल शाह गरीब तथा पछाडी पारिएका समूहमा न्यायमा पहुँच कमजोर रहेको बताए । चेतनाको कमि, मेरो वोलिदिने मान्छे कोही छैन भन्ने भावना र न्यायको पहुँचमा जाँदा पछि घरपरिवार र समाजमा झन समस्या हुने डरले पनि पिडा सहेरै बस्ने गरेको पाइएको शाहले जानकारी दिए ।

नेपाल वार एसोशिएसन सुनसरीका अध्यक्ष राजु ढकालले चेतनाको कमि, ढिलो न्याय सम्पादन र खर्चिलो हुन्छ भन्ने मानसिकता कारण न्यायमा पहुँच कमजोर हुने गरेको दावी गरे । कानुनी उपचार कसरी पाउन सकिन्छ र ती सेवा गरीव जनताका लागि निशुल्क उपलब्ध छ भन्ने जानकारी पुरयाउनु पर्नेमा उहाँले जोड दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: