महिला खबर
सुनसरी । मानवअधिकार सञ्चार प्रतिष्ठानले तीन महिला अघि सुनसरीका छ ठाँउमा सञ्चालन गरेको भीडियोभ्यान अभियान प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन । सुनसरीको इनरुवा, दुहवी, सिमरिया, मधेली, खनार र भमरीमा भिडियो भ्यान कार्यक्रम सञ्चालन गरिएको थियो ।
महिला हिंसा विरुद्धका सन्देशमुलक नाराहरु लेखेर झकिझकाउ पारिएको भ्यान सहित पुगेको टोलीले ती ठाँउमा न्यायमा पहुच अभिवृद्धि गर्न महिला हिंसा विरुद्धमा सडक नाटक, भिडियो प्रदर्शनी र स्थानीय सँग अन्र्तकृया समेत गरेको थियो । सो अभियानको सिलसिलामा अन्याय वा हिंसा भए न्यायको पहुचमा कसरी पुग्न सकिन्छ भन्ने बिषयमा कानुनी सचेतना समेत गराइएको थियो ।
सुनसरीका प्रमुख जिल्ला अघिकारी मोहन वहादुर चापागाईले जनचेतना अभिवृद्धि गर्न सो कार्यक्रम प्रभावकारी भएको आफूले पाएको बताउनुभयो । पढेको भन्दा सुनेको र सुनेको भन्दा हेरेको प्रभावकारी हुने भएकाले भिडियोभ्यान कार्यक्रम नौलो र प्रभावकारी भएको उहाँको भनाई छ । मानवअधिकार तथा सञ्चार प्रतिष्ठानकी कार्यक्रम संयोजक रोश्ली पोखरेल आफूहरुले सुनसरीका प्रमुख जिल्ला अघिकारी चापाँगाई र जिल्ला विकास समितिकी सामाजिक विकास अघिकृत माया राई सँग यो अभियानलाई गाँउ गाँउ सम्म पुरयाउन पहल गर्न आग्रह गरेको वताउनुभयो ।
उहाँहरुले त्यसका लागि सरोकारवालाहरुसँग आवश्यक परामर्श गरेर यो अभियान शुरु गरेको पोखरेलले बताउनुभयो । भिडियो भ्यान कार्यक्रममा सहभागीले आफनो गाँउमा पनि यस्तो कार्यक्रम ल्याइदिन आग्रह गरेको मानवअधिकार सञ्चार प्रतिष्ठान सुनसरी संयोजक मञ्जु भण्डारीले बताउनुभयो ।
Comment Here!