पत्रकारितालाई जिम्मेवार र उत्तरदायी बनाउन प्रेस काउन्सिल सजग हुनुपर्छः राष्ट्रपति


प्रकाशित मिति :2016-09-22 17:00:45

महिला खबर

prize

काठमाडौं । राष्ट्रपति बिद्या भण्डारीले पत्रकारितालाई जिम्मेवार र उत्तरदायी बनाइ जनविश्वास बढाउने काममा  प्रेस काउन्सिल सँधै सजग हुनुपर्ने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले पत्रकारिताका मूल्यमान्यतालाई आत्मसात गरी लोककल्याणकारी राज्यले अंगिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अंगले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने  हुनाले यसलाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाइ जनविश्वास बढाउने काममा  प्रेस काउन्सिल सँधै सजग हुनुपर्ने  बताउनुभएको हो  ।

सूचना तथा संचार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढि व्यापक र संवेदनशील हुँदै   संचार माध्यमको व्यापक विकासका साथै यिनीहरुबीच तीब्र प्रतिस्पर्धा बढेकाले नियमनकारी निकाय/संस्थाको हैसियतमा काउन्सिलले  आफ्नो दक्षता पनि बढाउनु आवश्यक रहेको  उहाँले बताउनुभयो ।

संचार क्षेत्रले लोकतन्त्र, मौलिक हक, मानवअधिकार तथा देशका अल्पसंख्यक, महिला, बालबालिक र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको  स्मरण गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्ने नेपालको संवैधानिक प्रावधानको पालना र सम्पादनसँगै राज्यको चौथो अंगको ध्यान देशलाई द्रुततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्ने ‍‍‍‍अाैंयाउनुभयो ।

देशमा न्याय, लोककल्याण, शान्ति र स्थिरतालाई दीगो रुपमा प्रश्रय दिनुका साथै नेपलको सर्वोच्च हितमा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सम्बन्ध र आर्थिक कूटनीतिको उपयोग, प्रकृति संरक्षण र लोपोन्मूख जीवजन्तु तथा वनस्पतिको जगेर्ना, प्राकृतिक प्रकोपबाट बच्ने सावधानी  र उपाय, खाद्य सुरक्षा, जनस्वास्थ्य, शिक्षा, खेलकूद, वन, अर्गानिक कृषिलगायत कृषिमा आधुनिकीकरण, साँस्कृतिक सम्पदा तथा पुरातात्विक संरक्षण, पर्यावरण र जलवायु परिवर्तन, पर्यटन जस्ता क्षेत्रलाई पत्रकारिताले प्राथमिकतामा राख्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री राम कार्कीले पुरस्कृत महिलाको संख्या थोरै भएकाले समावेशी बनाउन प्रेस काउन्सिलको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा बिभिन्न पुरस्कारबाट ३५ जना पत्रकारलाई राष्ट्रपति भण्डारीले पुरस्कृत गर्नुभएको थियो । यी मध्ये चार जना महिला थिए । प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने महिलामा गोरखापत्रका फोटो पत्रकार कविता थापा, रोल्पाकी पत्रकार मनिषा श्रेष्ठ, पोखराकी दुर्गा भण्डारी र  समावेशी पत्रकारिता पुरस्कारबाट सुनसरीकी लक्ष्मी चौधरी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: