प्रजातान्त्रिक आन्दोलन कै अगुवा साहना प्रधान


प्रकाशित मिति :2016-09-22 17:10:17

महिला खबर

sahana

काठमाडौं । नेपालको महिला आन्दोलनकी अगुवा साहना प्रधानलाई आज स्मरण गरिएको छ ।  प्रधानको दोस्रो स्मृति दिवस एमाले पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रम गरी  स्वर्गिय प्रधानलाई स्मरण गरिएको हो ।  स्वर्गिय प्रधानलाई स्मरण गर्न आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पी ओलीले नेता साहना प्रधान महिला आन्दोलनको मात्र नभएर कम्युनिष्ट पार्टी कै अग्रणी व्यक्तित्व भएको बताउनुभयो । कार्यक्रममा  नेताहरूले उहाँको जीवनी, योगदान र समर्पण तथा त्यागका बारेमा चर्चा गरेका थिए ।

व्यक्तिगत जीवनमा जस्तो परिस्थिति आएपनि पार्टी र महिलाको अधिकारका लागि प्रधानले निरन्तर संघर्ष गरेको नेताहरूले बताए ।  कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले  प्रधान नेकपा मालेको अध्यक्ष पदमा रहँदै वहुदलिय व्यवस्था र संविधान वामपन्थीलाई मान्य भएन भन्दै राजासँग वार्ता गर्न जाने एक निडर र कुशल नेतृत्व सहाना प्रधानमा भएको बताउनुभयो ।

महिला अधिकार स्थापित गर्न निरन्तर लागेकी नेतृ
प्रधानले महिला अधिकार स्थापना गर्न २००२ सालदेखि लागेकी थिइन् । विसं १९८४ सालमा काठमाडौंको असनमा जन्मिएकी प्रधानले नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी थिइन् । निरंकुश राणाशासन, पञ्चायती तानाशाही व्यवस्था, राजतन्त्रविरोधी आन्दोलनमा पनि सक्रिय थिइन् ।

उनी कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी श्रीमती हुन् । विवाहअघिदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय उनले मुलुकमा महिला अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । २००४ साल वैशाख १७ गते नेपालमा पहिलो पटक संगठित रुपमा राणाशाही विरोधी नारा लगाउने चार महिला कार्यकर्ता मध्ये सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान थिए ।

त्यसक्रममा उनी पनि पक्राउ परेकी थिइन् । १५ दिन आमरण अनसन बसेपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले आश्वासन दिएपछि मात्रै उनीहरूको आन्दोलन सेलाएको थियो ।

२००९ सालमा भारतको पटना बोर्ड अन्तर्गत नेपालबाट स्नातकमा ७२ जना परीक्षार्थी मध्ये उनी एक मात्र महिला थिइन् । त्यसपछि पनि राणा विरोधी आन्दोलनमा लाग्दै प्रधानले महिलाका हकहितका लागि निरन्तर काम गरेकी छिन् । विगतमा एमालेबाट छुट्टिएर बनेको मालेकी अध्यक्ष समेत रहेकी प्रधानले ४६ सालको आन्दोलनमा संयुक्त वाममोर्चाको अध्यक्षता उनैले गरेकी थिइन् । प्रजातन्त्र पुनःस्थापनापछि गठित सरकारमा उनी उद्योग वाणिज्यमन्त्री, ०६२ र ६३ को आन्दोलनपछि पहिलो महिला उपप्रधान तथा परराष्ट्रमन्त्री बनेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: