संयुक्त विद्यार्थी छात्रा मञ्च गठन


प्रकाशित मिति :2016-09-22 17:16:10

महिला खबर
काठमाडौं ।  अनेरास्ववियुकी अध्यक्ष नविना लामाको अध्यक्षतामा संयुक्त विद्यार्थी छात्रा मञ्च गठन भएको छ ।महिलामाथि भईरहेको विभिन्न खालको हिंसाका विरुद्घ संयुक्त रुपमा लाग्ने उद्देश्यले मञ्चको गठन भएको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अहिले महिलामाथि विभिन्न किसिमले भईरहेको हिंसालाई कम गर्न हामी संयुक्त रुपमा उठ्नुपर्ने आवश्यता महशुस भएकोले मञ्चको गठन भएको हो ।’

उनन्चालिस सदस्यीय मञ्चमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा अध्यक्ष, नेविसंघकी महिला उपाध्यक्ष उर्मिला थपलिया महासचिव, क्रान्तिकारी केन्द्रकी पञ्च सिंह सचिव, माले अखिलकी पवित्रा आचार्य कोषाध्यक्ष र  विप्लप क्रान्तीकारीकी सुनिता वम रहेका छन् ।

मञ्चले महिला हिंसाविरुद्घ आवाज उठाउनुको साथै महिलाको क्षमता अभिवृद्घिका लागि विभिन्न तालिमको आयोजना गर्ने पनि लामाले जानकारी दिनुभयो । मञ्चमा आवद्घ पदाधिकारीको कार्यकाल छ महिनाको हुने र प्रत्येक कार्यकालमा अध्यक्षता फरक संगठनबाट आउनुपर्ने व्यवस्था रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: