यो ठाउँको सपना बीस वर्ष अघि नै देखेकी हुँ :कामिनी राजभण्डारी


प्रकाशित मिति :2016-09-23 10:35:15

महिला खबर
kamini-raj-bhandaiललितपुर । नेपाल टेलिकमका नवनियुक्त प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने आफ्नो पहिलो प्राथकिमता भएको बताउनुभएको छ । महिला खबर डटकमसँग कुरा गर्दै राजभण्डारीले नेपाल टेलिकमले हाल ५३ प्रतिशत ग्राहकलाई सेवा दिइरहेकोले यो संख्यालाई बढाउन र सेवालाई गुुणस्तरीय बनाउन आफूले पहिलो काम गर्ने बताउनु भएको हो । सेवालाई अझ व्यापक बनाउन टेलिकमको मानवस्रोतलाई अझै व्यवस्थापन गरेर अघि बढ्ने उहाले बताउनुभयो ।

नेपाल टेलिकमको इतिहासमा उक्त पदका लागि पहिलो पटक खुल्ला प्रतिस्पर्धा भएको र खुल्ला प्रतिस्पर्धाबाट आफू यहाँसम्म आउन सफल भएकोमा निकै खुशी लागेको प्रतिक्रिया उहाँले दिनुभयो । टेलिकमको प्रवन्ध निर्देशकका लागि आव्हान गरिएको आवेदनमा १३ जनाको निवेदन परेको थियो । यी १३ जनालाई उछिन्दै कामिनी  उक्त पदका लागि छानिनुभएको हो ।

यो ठाउँमा पुग्न आफ्नो २० वर्षअघि देखिको लक्ष्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो ठाउँमा पुग्न मेरो बीस वर्षअघिदेखि कै लक्ष्य हो, यसकालागि शैक्षिक योग्यता चाहिन्छ र मैले आफ्नो शैषिक योग्यतालाई त्यसै अनुसार बढाएकी थिएँ ।’
३० वर्ष अघि अधिकृतस्तरबाट इन्जिनियरका रुपमा राजभण्डारी सेवा प्रवेस गर्नुभएको हो ।

मन्त्रिपरिषद्को बिहीबारको  बैठकले नेपाल टेलिकमको कार्यकारी निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: