महिला खबर
कपिलवस्तु । दक्षिणी भेगका महिला सामाजिक रुपले शसक्त बन्दै गएका छन । लैंगिक हिंसाका लागि पुरुषसँगको सहकार्यले आफूहरूलाई सहयोग पुग्दै गएको उनीहरूको अनुभव छ । मदिरा सेवन गरी गाउँमा झैझगडा गर्ने पुरुष पनि सुध्रिँदै गएको उनीहरू बताउँछन् ।
लैंगिक हिंसा अन्त्यका लागि पुरुषसँगको सहकार्य भएकाले जिल्लाको सौराहा , हर्दौना , सिहोखोर गाविसमा पुरुषलाई पनि समेटेर समूह गठन गरिएको छ । संयोजकमा गाविस सचिव हुने समूहमा युवा सञ्जाल , वालक्लव , सहकारी , शिक्षक , स्थानिय राजनैतिक दल , प्रहरीलगायतका प्रतिनिधि आवद्ध छन् ।
समूहले लैंगिक हिंसा, वालविवाह नियन्त्रण गर्नुका साथे स्थानिय निकायबाट लैंगिक हिंसा न्युनिकरणका लागि वजेट विनियोजन गर्न दवाव दिने जस्ता काम गर्दै आएको छ । समूहले सवैसँग सहकार्य गरेर काम गरेको र छ महिनाको अवधिमा ५५ भन्दा बढी झैझगडा गाउँ मै मेलमिलाप गराएको जनाएको छ । अव्यवस्थित रुपमा भइरहेको रक्सी विक्री वितरणलाई नियन्त्रण गर्ने काम पनि उक्त समूहले गर्दै आएको छ ।
Comment Here!