लिलाराज भटटराई
मैथिल,भोजपुरी,थारु र राजवंशी समूदायका महिलाले विशेष रुपमा जितिया पर्व मनाउने गरेका छन् । जितिया पर्वको अवसरमा शुक्रवार गाउँदेखि शहर वजारमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरिँदै छ । विहीवारदेखि सुरु भएको यो पर्व तीन दिनसम्म मनाइन्छ । आज जितिया पर्वको विशेष दिन हो । विहीवार विहान पोखरी, नदीलगायत जलासयमा स्नान गरेर पर्व सुरु भएको छ । महिलाले गएराती ओटगन दर खाएर व्रत सुरु गरेका छन् । आफ्ना सन्तान र परिवारजनसँग वसेर मीठा मीठा परिकार खाने कार्यलाई ओटगन भनिन्छ । उनीहरू शनिवार विहानसम्म पानी पनि नखाइ व्रत वस्ने गर्छन् । आज विभिन्न साँस्कृतिक कार्यक्रम गर्नुका साथै जीमुत महानको कथा सुन्ने गर्छन् । जीमुत महानको कथामा राजा शालिवहानको राज्यमा एक जना दैत्यले एकजना महिलाका सात जना छोरालाई अपहरण गरेर लैजान्छ । राजा शालिवहानले ती महिलाका सातै जना छोरालाई फिर्ता ल्याइदिन्छन् । आफ्ना छोरालाई सकुशल फिर्ता ल्याइदिने राजाको नाम जीमुत महान राखेर तीनै राजाको सम्झनामा उपवास वस्न थालिएको पौराणिक कथन पाइन्छ ।
जितिया पर्व अधिकारमा केन्द्रित
विशेष आस्था र निष्ठाका मनाइने जितिया पर्वलाई अधिकार््माका केन्द्रित गरेर समेत मनाउन थालिएको छ । महिला माथि हुने दुव्र्यवहार र हिंसाविरुद्ध यो पर्वका अवसरमा विभिन्न कार्यक्रम गर्न थालिएको छ । थारु महिला सभाकी अध्यक्ष कल्पना चौधरीका अनुसार शुक्रवार हुने बिभिन्न कार्यक्रमहरूमा महिलाको अधिकारका विषयलाइृ केन्द्रित गरिने छ । नाटक र साँस्कृतिक कार्यक्रममार्फत अधिकारका लागि जागरुक गराउन महिला हिंसाविरुद्ध नाटक प्रदर्शन गरिएको उहाँले बताउनुभयो । थारु महिला उत्थान समाज रामधुनीभासी सुनसरीले “आवु आवु थारु महिला अगा,नै सहवै दुव्र्यवहार और हिंसा” भन्ने नाराका साथ महिला हिंसाविरुद्धमा केन्द्रित भएर जितिया पर्व मनाइदै गरेको अध्यक्ष सीता चौधरीले वताउनुभयो ।
तीज जस्तै
खास गरि जितिया पर्व आश्विन कृष्ण सप्तमीदेखि नवमीसम्म तीन दिन मनाइन्छ । तर यस वर्ष १० दिनअघि देखि नै जितिया पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु भइरहेको थारु महिला सभा अध्यक्ष कल्पना चौधरीले वताउनुभयो । पर्वका अवसरमा निक्कै दिन अघिदेखिनै कार्यक्रम गर्ने चलन वढेको छ । यसैगरि तीजमा जस्तै केहि दिन अघिनै माइत गएर मीठो मीठो खाने र साथीसँगीहरु भेला भएर पर्वका अवसरमा भेटघाट र खानपीन गर्ने चलन पनि चल्न थालेको सञ्चारकर्मी लीला गच्छेदारले वताउनुभयो ।
Comment Here!