विद्यालयमा हिंसा रोक्न गुनासो सुनुवाई समिति


प्रकाशित मिति :2016-09-23 15:57:31

 विदुर आचार्य
सिन्धुपाल्चोक । समुदाय तथा विद्यालयभित्र हिंसा तथा दुर्व्यवहार  रोक्न वालिका शिक्षा तथा लैङ्गिक समविकास जिल्ला सञ्जाल गठन भएको छ । सञ्जाल गठन भए सँगै जिल्ला शिक्षा कार्यालयले जिल्लाका सवै माध्यमिक विद्यालयहरूमा गुनासो सुनुवाई समिति समेत गठन गर्ने भएको छ । अघिल्लो साता जिल्लाका सवै स्रोतकेन्द्रलाई समिति गठन गर्न शिक्षा कार्यालयले निर्देशन दिएको हो । जिल्ला शिक्षा अधिकारीको संयजकत्वमा वालिका शिक्षा तथा लैङ्गिक समविकास जिल्ला सञ्जाल गठन भए सँगै विद्यालयमा हुने हिंसा अन्त्य गर्न विद्यालय स्तरमै गुनासो सुनुवाई समिति आवश्यक रहेकोले गठन प्रक्रिया अगाडी वढाईएको जिल्ला शिक्षा कार्यालयले जानकारि दिएको छ ।
समितिमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा अध्यक्षले तोकेको महिला सदस्य संयोजक हुने व्यवस्था गरिएको छ । विद्यालयमा क्रियाशिल बाल समुहको एक वालक र एक वालिका प्रतिनिधी, प्रध्यानाध्यापक रहने छन् भने माध्यमिक तहको महिला शिक्षक गुनासो सुन्ने अधिकारी रहने व्यवस्था रहेको  जिल्ला शिक्षा कार्यालयका प्राविधिक सहायक प्रकाश रानाभाटले जानकारि दिए ।

विद्यालयमा वालिकामैत्री वनाउनकोलागि गुनासो सुनुवाई कार्यविधी ०७३ अनुसार प्रक्रिया अगाडी वढाईएको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले जानकारी दिए । ‘विद्यार्थीको समस्या सम्वोधन गर्न सकेमा विद्यालय छोड्ने दर समेत घट्ने छ ।’ शिक्षा अधिकारी भण्डारीले भने,‘ गुनासो सुन्ने र समस्या समाधानको उपाय निकाल्न समेत धेरै सहज हुनेछ र हरेक विद्यालयमा गुनासो पेटिका समेत राखिनेछ ।’

विद्यालयमा हिंसा तथा यौन हिंसा र दुर्व्यवहारका थुप्रै घटनाहरू सार्वजनिक भैरहेका छन् । शिक्षकवाट विद्यार्थीले हिंसा खेपिरहेका छन् त कतै महिला शिक्षक आफै हिंसामा परेका छन् ।  अव विद्यालयमा यस्ता हिंसा विरुद्धको कार्यक्रमले बालबालिका तथा महिला शिक्षक सुरक्षित हुने वातावरण वन्दै जाने स्रोत व्यक्तिहरुको वुझाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: