हिंसापीडित महिलामाथि दुर्व्यवहार


प्रकाशित मिति :2016-09-23 19:51:44

महिला खबर
धादिङ । जिल्ला बन कार्यालय प्रमुख इमानाथ पौडेल शुक्रवार राती हिंसा पीडित महिलामाथि दुर्व्यवहार र हातपात गर्दै गालीगौजमा उत्रिएका छन् ।
हिंसा पीडित महिला राखिएको सुरक्षित आवास गृह (सेफ हाउस) बन क्षेत्रभित्र बनेको आरोप लगाउँदै भत्काउन शुक्रवार एकाविहानै चार बजे नीलकण्ठ नगरपालिका पुछारबजार पुगेका पौडेलले सुतेको स्थानमै हिंसापीडित महिलाहरूमाथि दुर्व्यवहार गरेका हुन् ।

राती डोजर लगाइ ध्वस्त बनाएको महिला सुरक्षा आवास गृहको भत्काइएको भवन अगाडी रुदै बसेकी एक हिंसा पीडित महिला ।  तस्बिरः सीताराम अधिकारी

राती डोजर लगाइ ध्वस्त बनाएको महिला सुरक्षा आवास गृहको भत्काइएको भवन अगाडी रुँदै बसेकी एक हिंसा पीडित महिला । तस्बिरः सीताराम अधिकारी

सूचनाविना शसस्त्र बन रक्षक, शसस्त्र प्रहरी र जनपथ प्रहरीको ठूलो समूह लिएर सेफहाउन भित्र छिरेर गाली गलौज गर्दै उनीहरूमाथि विभिन्न लान्छाना लगाइ हिंसा पीडित महिला तथा सुत्केरी महिलालार्ई घिसार्दै बाहिर निकालेर घर भत्काउन थालेको सेफ हाउनकी शुशिला मोक्तानले जानकारी दिइन् ।

‘राती एक्कासी उनीहरु सुतिरहेको स्थानमा सुरक्षाकर्मीसहित पौडेल आए, बाहिर निस्कन आदेश दिँदै ननिस्कीए डोजर लगाउने धम्की दिए’ मोक्तानले भनिन् । कपडा लगाएर बाहिर निस्कन लाग्दा उनीहरूलाई अर्ध नग्न अवस्थामा बाहिर निकालिएको उनले बताइन् ।

सहयात्री समाजले दुई वर्षदेखि हिंसा पीडित महिलालाई उक्त आवास गृहमा राख्दै आएको थियो । सो भवन जिल्ला बन कार्यालयले बिना सूचना भत्काएको र पीडित महिलामाथि कार्यालय प्रमुखले नै हातपात गरी भवन भत्काएको समाजले जनाएको छ ।

राती नै रेडियो धादिङ रहेको भवन समेत भत्काउनुका साथै शसस्त्र बन रक्षक र बन कार्यालय प्रमुखपौडेल आफै भवनमा प्रवेश गरि रेडियोभित्रका सम्पूर्ण सामग्री तोडफोड गरेको आरोप रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले लगाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: