दुर्गम जिल्लामा गर्भवती र सुत्केरीलाई कहरः दुईहप्तासम्म पाठेघर मै साल


प्रकाशित मिति :2016-09-25 12:32:34

प्रकाश सिंह

pic1
बाजुरा । मुगुको धैनकोट ९ तलिवाडाकी ३० वर्षीया नानी देवी मल्लको सुत्केरी भएको १४ दिनपछिसम्म साल नझरेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।  बच्चा जन्मेपनि साल पाठेघर मै अड्केपछि उनको अवस्था गम्भिर भएको थियो । १४ दिनपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले ४ लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेपछि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

घरबाट स्वास्थ्य चौकी जाने बेला उनले बाटोमा बच्चा जन्माएकी थिईन् । बच्चा जन्मिएपछि उनलाई स्वास्थ्य चौकी नलगी घर फिर्ता लगिएको थियो । बच्चा जन्मियो तर साल आएन्, बच्चाको पनि चौथों दिनमा मृत्यु भएको उनका श्रीमान धनराज मल्लले वताए  ।

घरमै राखेकी नानीलाई ४ दिनसम्म पनि साल नआएर उनको अवस्था गम्भिर भएपछि नजिकै बाजुरा जिल्लामा रहेको रुगिन स्वास्थ्य चौकीमा उपचार  गर्न आफन्तले पुर्‍याएका थिए । त्यहाँ स्वास्थ्यकर्मीले साल निकाल्ने प्रयास गरे, तर सम्भव नभएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र वा अन्यत्र लैजान भनियो । तर आर्थिक अभावका कारण श्रीमानले उनलाई फेरी  घर लगे ।

नानीको अवस्था निकै गम्भिर हुँदै गएपछि धनराजले उपचारका लागि नेपालगञ्ज लैजान ऋण खोजे तर पाउन नसकेपछि तीन हजार रुपैयाँमा १२ दिनपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएपनि नानीको अवस्था  निकै गम्भिर भइसकेको थियो । उनको यौनीबाट पीप बगिरहेको थियो ।   यहाँ उपचार  हुने सम्भावना नभएपछि नेपालगञ्ज रिफर गरेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. विकल लामिछानेले वताए  ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नेपालगञ्ज रिफर गरे पनि लैजाने साधन थिएन । त्यो दिन दिनभरी कोल्टी विमानस्थलमा एउटा पनि जहाज आएन ।

मुगुको धैनकोट तलिवाडाकी नानी देवी मल्ललाई शुक्रवार हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज लगिँदै । तस्बिरः प्रकाश सिंह

मुगुको धैनकोट तलिवाडाकी नानी देवी मल्ललाई शुक्रवार हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज लगिँदै । तस्बिरः प्रकाश सिंह

फेरी बेलुकी प्राथमिक स्वास्थ्य केन्द्रमा फिर्ता लगियो  । नानीको अवस्था निकै नाजुक हुँदै गएपछि उनको वीवन रक्षाका लागि हेलिकप्टर चार्टरका लागि पहल शुरु गरेको डा. लामिछानेले वताए । हेलिकप्टर चार्टर भएपछि उनलाई १४ दिन पछि भेरी अञ्चल अस्पतालमा पु¥याएर उपचार सुरु भएको छ  ।

नानी मल्लको अवस्था निकै गम्भिर भएको खबर पाएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा गरिएको पहलपछि ४ लाख रुपैयाँमामा हेलिकप्टर चार्टर गरेर उनले उपचार पाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन नाथले वताए ।

क्षेत्रीय निर्देशनालयसँग निकै पहल र विमान कम्पनी सकारात्मक भएपछि नानीको ज्यान बचाउन सफल भएको नाथले वताए । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका शिद्धराज भट्टका अनुसार सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि यो वर्ष वजेट जम्मा ५ लाख रुपैयाँ थियो, ४ लाख नानीका लागि खर्च भएपछि अव यस्तै समस्या परेका अन्य महिलाको उद्धार नपुग्ने वताए  ।

बच्चा जन्माउन समयमै स्वास्थ्य चौकी नलैजानु र साल नआएको धेरै दिनसम्म घरमा राख्नाले नानी मल्लको अवस्था निकै गम्भिर भएको फेज नेपालमा कार्यरत स्टाफ नर्स कोपिला सिलवालले वताइन्  । दुर्गम तथा पछाडी परेका समुदायमा अहिले पनि घरमै बच्चा  जन्माउँदा धेरै महिलाको अकालमै ज्यान जाने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: