महिला फुट्सल प्रतियोगिता


प्रकाशित मिति :2016-09-25 13:28:43

सृजना अर्याल

 14369968_1207661685956514_980666656742077763_n
चितवन । कालिका एफ.एमको १४ औं तथा टिभी कालिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा शनिवारदेखि चितवनमा अन्तर महिला फुट्सल प्रतियोगिताको  आयोजना गरिएको छ । सो प्रतियोगितामा मञ्जु श्री असाहय संरक्षण केन्द्र, अन्तर पार्टी महिला सञ्जाल, लायन्स क्लव अफ भरतपुर चौतारी, गैडाकोट महिला फुटवल समूह, नेपाल प्रहरी , महाँकालेश्वर आमा समूह , टि.भी र रेडियो महिला पत्रकारका टोली गरी १६ वटा महिला समूह सहभागी छन् ।

शनिवार भएको  उद्धघाटन खेलमा इनर ह्विल क्लवलाई सुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै मञ्जु श्रीले विजयी सुरुवात गरेको छ । त्यस्तै अन्तर पार्टी महिला सञ्जालले नारी उत्थान केन्द्रलाई हराएको छ । अन्तर पार्टी महिला सञ्जालले नारी उत्थानलाई सुन्यका विरुद्ध ३ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

यसैगरी लायन्स क्लव अफ भरतपुर चौतारीले उद्योग वाणिज्य संघलाई शुन्यका विरुद्ध १ गोलले पराजित गरेको छ भने डाक्टर्स वाईफ एसोसिएसनलाई पाखा लगाउँदै गैँडाकोट महिला फुटवल समूह विजयी भएको छ । गैंडाकोट महिला फुटवल क्लवले डाक्टर्स वाईफ एसोसिएसनलाई शुन्यका विरुद्ध ५ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

game1

 नेपाल प्रहरीको महिला टोलीले चितवन उद्योग संघलाई शुुन्यका विरुद्ध ५ गोलले पराजित गरेको छ । त्यस्तै महाँकालेश्वर आमा समूहले नेपाल रेडक्रस सोसाईटीलाई शुुन्यका विरुद्ध २ गोलले पराजित गरेको छ ।  आईतवार विहान भएको  प्रतियोगितामा भने  रेडियो पत्रकारको टोलीले महिला चालकको टोलीलाई २ का विरुद्ध शुन्यले पराजित गरेको हो भने टिभी पत्रकारको टोलीले नारायणगढ लेडिज जेसिजलाई १ काविरुद्ध ४ गोलले पराजित गरेको थियो ।

क्वाटर फाइनलमा प्रवेस गरेका सबै टिमबिच आईतवार दिउसोदेखि पुन खेल हुने कालिका एफ. एमको स्टेशन म्यानेजर तथा टि.भी कालिकाकी निर्देशक रीना गुरुङ्गले जानकारी दिनभयो । महिलाको क्षमता विकासका लागि  प्रतियोगिता आयोजना गरिएको गुरुङ्गले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: