महिला खबर
धादिङ । जिल्ला वन कार्यालयले दुई दिनअघि महिला सुरक्षा अवासगृह र रेडियो धादिङमा आक्रमण गरी मानवीय मूल्यसमेत बेवास्ता गरेर मानवअधिकारको उल्लङ्घन गरेको उजुरी परेपछि राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान टोलीले आईतवारदेखि स्थलगत अनुगमन सुरु गरेको छ ।
हिंसा प्रभावित महिला राखिएको नीलकण्ठ अमरावती टोलस्थित घरमा जिल्ला वन अधिकृतले दुर्व्यवहार गरेको भनी परेको उजुरीका आधारमा आयोगको टोली घटनास्थल अनुसन्धान गर्न शनिबार घटनास्थल पुगेको हो ।
आयोगको अनुसन्धान टोलीले सुरक्षा घरमा महिलामाथि भएको दुर्व्यवहार र रेडियोमाथिको आक्रमणको विषयमा अनुसन्धान गर्ने टोलीमा संलग्न अनुसन्धान अधिकृत नितु गर्तौलाले जानकारी दिनुभयो । टोलीले घटनास्थल, पीडित, सरोकारवाला, प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायतसँग भेटघाट र छलफल गर्नेछ ।
थप समाचार
Comment Here!