किशोरीलाई प्रतिरक्षा तालिमः आइ लाग्नेमाथि जाइ लाग्छौं


प्रकाशित मिति :2016-09-26 10:55:30

लिलाराज भट्टराइ

SAMSUNG
सुनसरी । जनता वहुमुखी क्यामपस इटहरीकी छात्रा समीक्षा धमलालाई वाटोमा हिँडदा कसैले जिस्क्यायो वा असजिलो हुने व्यवहार गर्न खोजे पनि टाउको निहुरयाएर हिँड्ने गर्थिन ।  तर अहिले उनको हिम्मत वढेको छ । भन्छिन् ‘अव कुनै किसिमका हिंसा सहिन्न ।’

राष्ट्रिय खेलकुद परिषदले इटहरीले  सन्चालन गरेको महिला हिंसा विरुद्ध पाँचदिने प्रतिरक्षा तालिम लिएपछि समीक्षालगायत  डेढ सय महिला र किशोरीलाई महिला हिंसा विरुद्ध लड्ने हिम्मत पलाएको छ । भरसक कोहीमाथि जाइ नलाग्ने, तर वसमा हिँडदा वा सार्वजनिक ठाँउमा कोही टाँसिदै आउँछ, हात समाउन खोज्छ, हिंसाजन्य गतिबिधि गर्न खोज्छ भने कसरी प्रतिरक्षा गर्ने सहभागीले सिकेका छन् । समीक्षा भन्छिन् ‘हामीले प्रतिकार गर्ने धेरै टेक्निक सिक्यौं, हामी त अव हिंसामा पर्ने छैनौं, साथीहरूलाई पनि सिकाउने छौ ।’

अस्मिता कोइराला इटहरीको कोशी सेण्टजेम्स कलेजको कक्षा ९ मा पढ्छिन् । उनले पनि हिंसावाट आफू कसरी वच्ने र अरुलाई वचाउने कला सिकिन् । तालिमपछि सुरक्षित महशुस गरेकी छु,अस्मिताले भनिन् ‘अव हिंसा भए सहेर नवस्ने ।’
इटहरीकी मञ्जुपुरीले हिंसा के हो र कसरी हुन्छ भन्ने वुझिन् । त्यतिमात्र होइन हिंसा विरुद्ध के गर्नुपर्छ भन्ने पनि राम्ररी थाहा भएको थाहा भएको मञ्जुको भनाई छ । सहेर वस्यो भने हिंसा झन् वढदै जाने उनले  वताइन्  ।

SAMSUNG

महिला अधिकारको क्षेत्रमा क्रियाशिल इटहरीकी योशा गुरुगाँईले पनि कसैले हिंसा गर्न खोजे फनक्क फर्केर रिसाएर हेर्ने,आवाज उठाउने त्यति गर्दा पनि आइलागे कसरी प्रतिरक्षा गर्नुपर्छ भन्ने तरिका राम्रोसँग सिकेको बताइन् । हिंसा विरुद्ध  धेरै तालिममा उनी  सहभागी भइसकिन् । तर सैद्दान्तिक ज्ञान भन्दा आफूहरूले सिकेको व्यवहारिक ज्ञान धेरै फलदायी हुने उनले महशुस गरेकी छन्  । योशाको विश्वास छ अव आफू हिंसामा परे पनि सजिलै प्रतिकार गर्न सक्छु । हिंसा विरुद्ध सैद्धान्तिक ज्ञान त छदैथियो,परिआए कसरी प्रतिकार गर्ने तरिका पनि थाहा भयो ।

तालिमकी सहजकर्ता कराँते प्रशिक्षक सुनिता श्रेष्ठ सुरुमा हिंसा के हो ? भन्ने प्रत्येक महिलाले वुझनुपर्नेमा जोड दिनुहुन्छ । हिंसा सहयो भने पीडकको मनोवल झन वढने भएकाले हिंसा विरुद्ध आवाज उठाउनुपर्छ । भरसक कोहीमाथि जाइलाग्ने गर्नुहुदैन । तर आइलागे आफनो प्रतिरक्षा भने गर्नुपर्छ । त्यहि प्रतिरक्षा गर्ने कलाहरु सिकाइएको अर्का प्रशिक्षक मोहन  विश्वकर्मा थप्नुहुन्छ । उहाँका अनुसार हिंसा विरुद्ध लडन सुरुमा मानसिक रुपमा तयार हुनुपर्छ । विचार र मनलाई सन्तुलित वनाउनुपर्छ । कुनै ब्यक्तिले हिंसा गर्न खोजे अनुहारको भाव पूरै रिसाएको वनाएर सिघै आँखामा आँखा जुधाएर हेनुपर्छ , किन यसो गरेको भन्नुपर्छ त्यति गर्दा पनि नटेरे देव्रेहातलाई अररो वनाएर त्यसको पेटमा कस्सेर हान्नुपर्छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले महिला हिंसा विरुद्धको प्रतिरक्षा तालिमलाई देशब्यापी रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो । सदस्य सचिव विष्टले तिहार पछि इटहरीमा एक हजार जनालाई यस्तो तालिम दिइने योजना सुनाउनुभयो । उहाँ दावी गर्नुहुन्छ खेलक्षेत्रमा लागेका महिलामाथि हिंसा हुदैन । त्यसैले सवैका लागि खेलकुद अनिवार्य छ ।

दिन दिनै महिला हिंसा वढिरहेको छ । चुपचाप सहेर वस्नु हिंसालाई प्रश्रय दिनु हो । हिंसा विरुद्ध आवाज उठाउनु र परिआए प्रतिरक्षा गर्न सक्ने हो भने वढदो महिला हिंसा न्यूनिकरणकालागि पक्कै वल पुग्ने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: