व्रान्जेलिना छुट्टिंदै


प्रकाशित मिति :2016-09-26 12:40:27

महिला खबर

brad-pitt-angelina-jolie-ftr-1
एजेन्सी। दुईवर्ष अघि विवाह गरेका हलिउडको सबैभन्दा चर्चित जोडी ब्राड पिट र एन्जेलिना जोली एक–अर्कासँग छुट्टिने भएका छन् । उनीहरूका ६ जना बच्चा  छन् ।  जसमध्ये तीन जना  बच्चालाई संरक्षण दिएका छन् । जोलीलाई  सन् २०१३ मा स्तन क्यान्सर देखिएपछि सर्जरी गराएकी थिइन र उनका दुवै स्तन काटिएको द न्युयोर्क टाइम्सले जनाएको छ ।

उनले स्तन क्यान्सरको जोखिम नियन्त्रणका बारेमा जनचेनता जगाउन खेलेको भूमिका स्मरणीय मानिन्छ। जोलीले सन् २००० मा गर्ल इन्ट्रपटेड नामक चलचित्रमा ओस्कार अवार्ड हात पारेकी थिइन। फिल्म करिअर बाहेक जोली शिक्षा, स्वास्थ्य, पर्यावरणजस्ता क्षेत्रमा सक्रिय छिन्। उनी संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको विशेष दूत पनि हुन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगमा लामो समयको योगदान पछि उनले २०१२ मा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको विशेष दूत नियूक्ति पाएकी थिइन्।

anjelina

एन्जेलिनाले ब्राडसँग छुट्टिनुमा ६ जना बच्चाको भविष्यलाई कारण बनाएकी छिन् र जोलीले सम्बन्धविच्छेदका लागि निवेदन दिइसकेकी छिन् ।

जोलीले सम्बन्धविच्छेदको निर्णय केही दिन अघिमात्रै लिएको बताइएको छ। कानुनी कागजातअनुसार उनीहरू सेप्टेम्बर १५ देखि अलग्गिएका छन्। जोलीले बच्चाहरू आफूसँग रहने र पिटले बेलामौकामा भेट्न पाउने व्यवस्था सहितको सम्बन्धविच्छेदका लागि माग गरेकी छन्।

पिटले भने आफू यो खबरबाट अचम्मित भएको र यसका कारण आफ्ना छोराछोरीको भविष्यमा असर पर्ने बताएका छन्। उनले संचार माध्यमसँग कुरा गर्दै भने ‘जोलीको यो कदमबारे म अनभिज्ञ थिए र यसले मलाई धेरै दुस्खी बनाएको छ तर अब म आफ्नो छोराछोरीको भविष्यका लागि लड्ने छु।

brad-and-anjelina

जोलीले सम्बन्धविच्छेदका लागि पत्र दर्ता गर्दै पिटले आफ्ना छोराछोरीको उचित स्याहार गर्न नसक्ने भन्दै आफ्ना छोराछोरी आफूले राख्न पाउनु पर्ने माग गरेकी छन्। जोलीले पिट सँधै गाँजा र रक्सीको नसाका हुने भएकाले आफूले छोराछोरी राख्नु पर्ने माग गरेकी थिइन्। जोलीले पिटसँग बच्चाहरू राख्दा खतरा हुने समेत बताएकी छन्।

जोली र पिटको छुट्टिने कुराले  उनीहरूका करोडौँ फ्यानलाई चोट पुगेको छ र  मिडियामा ‘सुपर कपल’ र दुबैजनाको नाम जोडेर बनाइएको नाम व्रान्जेलिनाका रुपमा चित्रित यो जोडीको आपसी सम्बन्ध बिग्रेकोमा धेरैले आश्चर्यको रुपमा लिएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: