यौन दुर्व्यवहारको घटनामा माओवादी केन्द्रको निर्देशनमा पत्रकारद्वारा मिलापत्रको मस्यौदा तयार भएको खुलासा


प्रकाशित मिति :2016-09-26 13:14:43

रमला सिंगक

पत्रकार सम्मेलनमा महिला सन्जाल धरानका पदाधिकारी ।

पत्रकार सम्मेलनमा महिला सन्जाल धरानका पदाधिकारी 

सुनसरी । केटिएम सेक्युरिटि सर्भिस प्रालीका ब्राण्ड एम्वासडर समेत रहेका हास्य कलारकार सन्तोष पन्त र केटिएमकै सिइओ रामेश्वर साहले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत महिला सुरक्षागार्ड (मजदुर)माथि गरेको यौन दुर्व्यवहारको घटनाको वास्तविकतालाई धरानका महिला संजालले पर्दाफास गरेका छन् ।

पन्त र साहले गरेको यौन दुर्व्यवहारको घट्नालाई पीडितलाई न्याय दिलाउनको सट्टा मिलापत्र गराएपछि सामाजिक संजाल र केही पत्रिकामा महिला संजालमाथि नै पैसा खाएर मिला पत्र गरेको आरोप आएपछि धरानमा पत्रकार सम्मेलन गर्दै मिलापत्र हुनुको पछाडिको कारणबारे पर्दाफास गरेका हुन् ।

महिला संजालले यौन दुर्व्यवहारको घट्नालाई अदालतसम्म पुर्‍याउन दवाव दिएपनि  राजनीतिक दलको नेता र केही पत्रकारले पीडित र पीडकपक्षलाई मिलाएपछि आफूहरू पछि हट्न बाध्य भएको जानकारी दिएको छ ।

धरान उपमहानगरपालिका क्षेत्रका ३५ महिला संस्थाको साझा सन्जाल महिला संजालकी अध्यक्ष शिला बज्राचार्यले पत्रकार सम्मेलनमा भनिन्, ‘विपी प्रतिष्ठानको न्यू गल्र्स होस्टेलको गेटमा पहरेदार भएर बसेकी महिला सुरक्षा गार्डमाथि गत असोज १ गते अढाइबजे विहान भएको यौन दुर्व्यवहार घट्नालाई ढाकछोप गर्न धरानका केही संचारकर्मीले ठुलो भुमिका खेले । सन्जाललाई पंगु बनाइयो । यौन हिंसा पीडित महिलालाई न्याय दिलाउनुको साटो त्यतिकै घटनालाई सामसुम पार्न संचारकर्मी भूमिका निर्वाह गरे ।’

महिला सञ्जाल आफ्नो अडानमा कायम रहन नसकेको भन्दै उनले आफ्नो त्रुटी भएको स्वीकारिन् । घटनालाई अन्तिम मोडसम्म पुर्‍याएर पीडितलाई न्याय दिलाउने प्रयास गरे पनि प्रतिष्ठानका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाई, पीडक  भनिएका केटिएमका रामेश्वर साह र केटिएमकै ब्रान्ड एम्बेस्डर समेत रहेका पन्तले पत्रकारको सल्लाह अनुसार अगाडि नै मिलापत्रको मस्यौदा तयार गरेको देखाएपछि ‘मधौरो माड नखाएको’ जस्तो अवस्था देखाएर संजाललाई फसाएको उनले बताइन् ।

प्राविधिक रुपमा आफूहरुले यो मुद्दामा गल्ति गरेपनि महिला सञ्जालले जानेर नभई विभिन्न समूहको राजनीतिकरणका कारण चुकेको उपाध्यक्ष सविता राइले बताइन् । उनले घट्ना भएदेखि नै पीडित महिलालाई न्याय दिलाउन भरमग्दुर कोसिस गरेको, तर घट्नाले मिलापत्रसम्मको मोड लिने र महिला सञ्जाललाई फसाउने काम  समेतमा पत्रकारले गरेको आरोप लगाइन् । उनले पत्रकारीता शुद्ध र विश्वसनिय पेशा हुँदाहुँदै पनि संचारकर्मीले दलाली गर्ने माध्यम बनाएको अवस्थामा महिला संजालले यसको अनुमान गर्न नसक्दा मुद्दा अगाडि बढाउन चुकेको उनको भनाइ थियो  । उनले भनिन्, ‘यीनले हामीलाई फसाउन लागेको आभास पहिले नै भएको भए हामी सजग हुने थियौं होला, तर पीडित महिलाले न्यायको अनुभूति गर्न सक्छ भनेर मात्र सिडियोले बोलाएको बैठकमा संजाल गएका हौं ।’

उनले महिला संजाललाई गुमराहमा राखेर मिलापत्र गरी महिला संजाललाई पैसा खाएको आरोप लाग्न थालेपछि संचारकर्मी र सामाजिक संजाललमा खेदो खन्न थालेको चिन्ता व्यक्त गरिन् ।

सञ्जालकी सहसचिव मञ्जु भण्डारीले महिला संजालसंग ती पत्रकारले मुद्दा मिलाउन गरेको कुराकानीको रेकर्ड आफूहरूसँग सुरक्षित रहेको बताइन् ।

उनले पीडितले न्याय पाउन चौतर्फी अनुरोध गरेपछि यो घट्नाको जिम्मा महिला सञ्जालले लिएर पीडितलाई न्याय दिलाउन  पहल गरेपनि अन्ततः प्रमुख जिल्ला अधिकारीको रोहवरमा पीडित, आरोपित व्यक्ति र प्रहरी प्रशासनको रोवहरमा घट्ना मिलाइएकोमा दुःख लागेको बताइन् ।

मिलापत्र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बस्ने कार्यकक्षमा गरिएको थियो । सोही समयमा संचारकर्मी पनि मिलापत्रको वैठकमा प्रवेश गर्न खोज्दा कान्तिपुरका संचारकर्मी प्रदीप मेन्याङ्बो, संचारकर्मी जनकऋषि राई, विकास चाम्लिङ, विजयपुर एफएम तथा औजार दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहारमाथि प्रजिअ मोहनबाहादुर चापागाईले यौन दुर्व्यवहारको मिलापत्रमा संचारकर्मीको कुनै काम नभएकाले निस्कन उर्दी समेत जारी गरेर संचारकर्मीमाथि नै थप दुर्व्यवहार गरेका थिए ।

मिलापत्रमा केटिएम प्रमुख रामेश्वर साहले घटनाको जिम्मेवारी लिँदै माफी मागेर भविष्यमा यस्तो घटना दोहोरिन नदिने, कार्यक्षेत्रमा लैंगिक संवेदनशीलतालाई ध्यान दिने र महिला गार्डको रोजगारीको सुनिश्चितता गर्ने जनाइएको बुँदामा पीडितले चित्त बुझाउनु परेको संजालले जनाएको छ ।

घट्ना मिलाउन मूख्य भूमिका निभाएका भनिएका ब्लास्ट दैनिकका पत्रकार चन्द्रमणी कट्टेलले सन्जालको आरोपका बारेमा महिाला खबरले जिज्ञाशा राख्दा आरोप स्वीकार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका नेताहरूको सरोकारसँग जोडिएको विषय भएकाले आफूले मिलापत्रको मस्यौदा तयार गरेर केटिएमका सिइओ साह र कलाकार पन्तलाई दिएको बताए । उनलाई कार्यस्थलमा हुने यौन दुर्व्यवहारको मुद्दा अदालत जानु पर्ने सुझाव किन नदिएको भनेर प्रश्नमा यो सामान्य केस भएको र पीडित पनि माओवादी कार्यकर्ता भएकाले पार्टीका निर्देशनमा मस्यौदा गरेको प्रतिक्रिया दिए । अरु भूमिका आफ्नो नभएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: