महिला खबर
रामेछाप । जिल्लाको दोरम्बा गाविसकी १३ वर्षीया दलित समुदायकी बालिकालाई वलात्कार गर्ने लाई कारबाही गर्न राष्ट्रिय दलित आयोगले माग गरेको छ । आयोगले आईतबार सदरमुकाम मन्थलीमा पत्रकार तथा अधिकरकर्मीहरुसँग भेटघाट गरी कारबाही गराउने कार्यमा सघाउन आग्रह गरेका छ ।
राष्ट्रिय दलित आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा मन्थली आएको संयुक्त मानवअधिकार अनुगमन टोलीले आयोजना गरेको भेटघाट कार्यक्रममा दोरम्बा ६ का २३ वर्षीय प्रज्वल पाठकले सोही स्थानकी दलित समुदायकी एक बालिकालाई गतवर्ष चैतमा माछा मार्न भनि खोलामा लगि वलात्कार गरेको जाहेरी २०७३ असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएको जानकारी दिइएको थियो । प्रहरीले सुरुमा जाहेरी नै लिन मानेको थिएन । तर पछि जाहेरी लिए पनि आरोपी फरार भएको भन्दै पक्राउ गर्न आनाकानी गरेको विकले बताए ।
पीडक उपर कारबाही नगरेको भनि २०७३ साउन ५ गते राष्ट्रिय दलित आयोगमा समेत उजुरी परेको र आयोगले पनि सोही दिन कारबाहीको प्रक्रियालाई अघि बढाउन रामेछाप प्रहरीमा लेखि पठाउँदा समेत प्रहरीले बेवास्ता गरेको र सक्रियता नदेखाएको उनको आरोप छ । प्रहरीले कारबाहीको प्रक्रिया अघि नबढाएका कारण दलित आयोगले घटनाको अनुगमन सुरु गरेको विकले बताए । घटनाका दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न समेत उनले आग्रह गरे ।
Comment Here!