संविधान संशोधन भन्दा कार्यान्वयनमा ध्यान दिऊँः कोइराला


प्रकाशित मिति :2016-09-26 15:59:58

महिला खबर

विराटनगर । नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले संविधान संशोसन भन्दा कार्यान्वयन गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले संविधान संशोधन गर्दा फेरी अस्थिरता आउनसक्ने भएकाले यस विषयमा गम्भीर भएर निर्णय गर्नुपर्ने बताउनुभयो ।

प्रेस युनियन मोरङले  विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले  संविधान संशोसनको विषयमा अन्य दलहरुसँग छलफल गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले राष्ट्रियताप्रति संवेदनशील हुनुपर्ने र यतिखेर संविधान कार्यान्वयनतर्फ बढी ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।   नेपाली काँग्रेसमा  देखिएको गुट र उपगुटको राजनीतिले काँंग्रेसको भविष्य नै सङ्कटमा पर्न सक्ने भएकाले यसतर्फ पार्टी नेतृत्व सचेत र सजग हुनुपर्ने  कोइरालाको भनाइ थियो । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपाली काँग्रेसले बिर्संदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: