पी के क्याम्पसलाई विश्व विद्यालय बनाउन सहयोग गर्छुः काँग्रेस महामन्त्री


प्रकाशित मिति :2016-09-26 16:51:29

महिला खबर

sashank_koirala

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले पद्म कन्या क्याम्पसलाई विश्व विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । पद्म कन्या क्याम्पस नेपाल विद्यार्थी संघ इकाइले दशैं, तिहार र छठ पर्वका अवशरमा सुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले महिलाले अवशर पाएमा जुनसुकै क्षेत्रमा अगाडी बढ्न सक्ने भन्दै आफू पार्टीमा भएपनि वा नभएपनि यो क्याम्पसलाई विश्वविद्यालय बनाउन आफ्नो सहयोग रहने बताउनुभएको हो । नेपाली काँग्रेस र यसका संगठनमा महिला सहभागिता बढेको उहाँको भनाइ थियो ।

उहाँले अव हुने स्थानीय निकायको निर्वाचनमा महिला सहभागिता बढाउन पार्टीको महामन्त्रीको हैसियतले आफूले पहल गर्ने वचन उहाँले दिनुभयो । यस अवसरमा उहाँले क्याम्पसमा सोलार नहुँदा पढाइमा भएको समस्या समाधानका लागि आफूले आर्थिक सहयोग गर्ने वचन पनि दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: