महिलालाई वित्तिय साक्षरता


प्रकाशित मिति :2016-09-27 13:41:42

महिला खबर
कपिलवस्तु । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक बुटवलले घेरुवा बनगाईमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ। वैंकले गठन गरेकोे बैंकिङ समुदाय अन्तरगत महिला समूहका प्रमुख तथा उपप्रमुखहरूलाई लक्षित गरी कार्यक्रम राखिएको बैंकका प्रमूख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले पिछडिएका दलित, जनजाती, अल्पसंख्यक महिलाको आयस्तर बढाउन तथा आर्थिक सहयोगका लागि बैंकिङ समुदाय केन्द्र गठन गरेकमा बताउनुभयो।

उनीहरूलाई कृषि, पशुपालन, पेशागत कर्जा , वैदेशिक रोजगार , शैक्षिक कर्जा , घर निर्माण , कृषि औजार खरिद तथा बैकल्पीक उर्जाका लागि १६ प्रतिशत व्याजदरमा विना धितो ऋण दिइरहेको उहाले बताउनुभयो।

कार्यक्रममा बैंकका प्रबन्धक दल बहादुर लोहगुनले महिला माथि हुने हिंसा तथा कुरीति अन्त्य गर्न जनचेतनामुलक कार्यक्रमहरू लागु गर्ने बैंक नेपालमै पहिलो भएको दावी गर्नुभयो। वित्तिय साक्षरता कार्यक्रममा उपस्थित महिला समूहका सदस्यले बैंकिङ समुदाय स्थापना गरेपछि आफूहरूमा आर्थिक शसक्तिकरणमा सहयोग पुगेको बताएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: