प्रकाश सिंह

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्खरै जन्मिएको बच्चा र श्रीमान पायन बुढासँग आवर्मा । तस्बिरः डा.विकल लामिछाने
बाजुरा । साप्पाटाकी ४२ वर्षीया आवर्मा बुढाले १३ सन्तानलाई जन्म दिएकी छन् । उनको विहे १५ वर्ष कै उमेरमा भएको हो। सोमवार राती ४२ वर्षको उमेरमा उनले आफ्नो तेह्रौ बच्चालाई जन्म दिइन्। उनले नौ जना बच्चा जिवित जन्माईन् भने चारजना मृत जन्मिएको वताईन्।
जिवित नौ जनामध्ये सातजना छोरी र दुईजना छोरा भएको उनका श्रीमान पायन बुढाले वताए । साप्पाटा स्वास्थ्य चौकी र बाधु स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा लगिएको थियो। सोमबार राति कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बच्चा जन्माएकी आवर्मालाई स्वास्थ्यकर्मीको प्रयासका कारण बच्चा जन्माएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. विकल लामिछानेले वताए । उनको अवस्था अप्ठयारो थियो, तीनजना स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएको डा. लामिछानेले वताए।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्खरै जन्मिएको आवर्माको तेहाैं बच्चा
आवर्माले यो तेह्रौं बच्चालाई मात्रै स्वास्थ्य केन्द्रमा जन्माएकी हुन्। बाँकी बाह्रजनालाई घरमा र काममा गएका बेला जंगलमा जन्माएको उनले वताईन्।
परिवार नियोजनका बारेमा थाहा नभएको उनका श्रीमान पायन बुढा वताउँछन् । उनीहरूले परिवार नियोजनका साधन प्रयोग नगरेको पाइएको स्वास्थ्यकर्मीले वताए।
महिलाले २० देिख ३५ वर्षको उमेरमा बच्चा जन्माउन उपयुक्त हुने सल्लाह स्वास्थ्यकर्मी दिन्छन्, तर दुर्गम गाउँमा २० वर्षको उमेरसम्म दुईतीन जना बच्चा जन्मिइसकेका हुन्छन्। यसले गर्दा महिलाको स्वास्थ्य निकै कमजोर हुने गरेको छ। दुर्गम तथा पछाडी परेका समुदायमा परिवार नियोजनको साधनको प्रयोगका बारेमा थाहा नभएको स्थानिय मन बिक वताउँछन्। कम उमेरदेखि उमेर ढल्कदासम्म बच्चा जन्माउँदा महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्।
Comment Here!