असुरक्षित गर्भपतन मातृमृत्युदरको कारण


नेपालमा वार्षिक असी हजारले सुरक्षित गर्भपतन गराउने तथ्याङ्क

प्रकाशित मिति :2016-09-28 16:23:29

महिला खबर

Jageshore

काठमाडौं ।  नेपालमा हुने मातृमृत्युदरको पाँचौं कारण असुरक्षित गर्भपतन भएको प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले बताउनुभएको छ ।

मात्रृमृत्युको पहिलो कारण गर्भवती हुँदा, सुत्केरी हुने क्रममा र सुत्केरी भइसकेपछि हुने रक्तश्राव, दोस्रो कारण उच्च रक्तचाप, तेस्रो कारण बच्चा पाउन नसकेर पाठेघर फुटेर र चौथो संक्रमणका कारण महिलाको मृत्यु हुने गरेको उहाँले जानकारी दिनुभयो ।

विश्वमा सुरक्षित गर्भपतन दिवस सेप्टेम्बर २८  र नेपालमा गर्भपतन सम्बन्धि  मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिन असोज १० लाई स्मरण गर्दै  प्रसूति गृहमा आयोजना गरिएको कर्यक्रममा बोल्दै निर्देशक गौतमले अस्पताल वा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको कुरा नै  दुरदराजका महिलालाई जानकारी नभएकाले अहिलेपनि  धेरै महिलाले असुरक्षित गर्भपतन गर्ने र मृत्युसमेत हुने गरेको बताउनुभयो  । योमात्रै नभइ महिलाहरूले कतिपय अवस्थामा असुरक्षित गर्भपतन गराई अवस्था निकै गम्भीर भएपछिमात्रै अस्पतालमा ल्याउने गरेको  उहाँको भनाइ थियो ।

प्रसूतिगृहमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा दिन थालिएको जानकारी दिँदै  उहाँले आर्थिक वर्ष २०७२र७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६९६ जनाले गर्भपतन सेवा लिएको बताउनुभयो । बार्षिक तीन हजार महिलाले प्रसूति गृहबाट सुरक्षित गर्भपतन गराउने गरेको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

महिलाको प्रजनन् अधिकारबो क्षेत्रमा  कार्यरत संस्था कृपाले  वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी कार्यक्रममा दिएको थियो ।

कार्यक्रममा  कृपाका  तालिम अधिकृत प्रभाकर श्रेष्ठले कानुनले बन्देज लगाए पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेक्रम नरोकिएको बताउनुभयो । उहाँले छोरा र छोरीबीचको भिन्नतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म यो क्रम चलिरहने भएकाले मानिसको सोचमा नै परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: