कार्यालय प्रमुखको नेतृत्वमा पुनस्थापना गृह भत्काईयो


अतिक्रमण गरि बनाइएकाले पुर्व सूचना दिएर भत्काएका हौंः बन कार्यालय

प्रकाशित मिति :2016-09-28 16:48:21

महिला खबर

पुनस्थापना गृह भत्काएको विरोधमा महिलाले गरेको धर्ना कार्यक्रम

पुनस्थापना गृह भत्काएको विरोधमा महिलाले गरेको धर्ना कार्यक्रम

ललितपुर । गत असोज सात गते मध्यरातमा धादिङको अमरावती सामुदायीक वनको जग्गामा रहेको हिंसा पीडित महिला आश्रय केन्द्रमा जिल्ला वन कार्यलयका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अमानवीय व्यवहार गरिएको हिंसा पीडित महिलाले आरोप लगाएका छन् ।

पुर्नस्थापना गृहलाई अमरावती सामुदायीक बनको साधारण सभाले २०६७ सालमा जग्गा उपलब्ध गराएपछि गैर सरकारी संस्थाको सहयोगमा भवन बनाई विगत दुई वर्षदेखि संचालन भईरहेको संचालक राधिका सापकोटाले जानकारी दिईन् । उनले भनिन् ‘यो तत्कालिन समयमा जिल्ला वन कार्यालयको साधारण सभाको निर्णयले उपलब्ध गराएको जग्गा हो अहिले आएर यो आतंककारी शैलीमा किन आक्रमण गरियो मलाई थाह छैन ।’ आक्रमणको समयमा पाँच जना हिंसा प्रभावित, एक जना बालिका र चार महिनाकी सुत्केरी र पाँच जना सहयात्री नेपालका कर्मचारी गरी १२ महिला रहेका थिए ।

एकाविहानै  चार बजे महिलाहरू सुतिरहेको बेला जिल्ला बन कार्यालयका प्रमुख यमनाथ पौडेलको नेतृत्वमा पुरुष वन रक्षकको टोली र महिला, पुरुष प्रहरीको टोली एकैसाथ प्रवेश गरी बाहिर तुरुन्तै निस्कन भनेर कराएको पीडित महिलाले बताए  । सुतिरहेका भएर हामीलाई एकछिन कपडा लगाउन दिनुहोस् भन्दा नागैं निस्क भन्दै अपशब्द बोलेको उनीहरूले बताएका छन् । यति भनिनसक्दै प्रहरीहरू पसेर महिलालाई सिरक तान्दै, घिच्याउँदै निकालेको आरोप उनीहरूले लगाए । संवेदनशील अंगमा लाइट बालेको र छिटो हिँड भन्दै पछाडीबाट लठीले घोच्ने जस्ता कार्य गरेको आरोप उनीहरूले बताएका छन् ।

महिलालाई त्यहाँबाट निकाली सुरक्षित आवास तोडफोड गरिएको थियो । सरकारकै जिम्मेवार व्यक्ति अथवा निकायले आफूहरु प्रति अमानवीय व्यवहार गरेको पुनस्थापना गृह संचालक  राधिका सापकोटाले बताईन् । उनले भनिन् ‘त्यसरी राती सुतिरहेको बेला आएर भवन भत्काउन खोज्नुको कारण थाह छैन ।, उत्तर खोज्ने प्रयास स्वरुप हामी विभिन्न निकायहरूमा गईरहेका छौं ।’

यता बन कार्यालय प्रमुख इमानाथ पौडेलले राती गएर बनक्षेत्र अतिक्रमण गरेर बनाईएको भौतिक संरचना भत्काईएको स्वीकारेका छन् । उनले भने ‘डिएफओले कुनै पनि भौतिक संरचना बनाउन सहमति गरेको जिल्ला बन कार्यालयमा अभिलेख छैन ।’

कुनै पनि सूचनाबिना गएर भत्काएको कुरा अस्वीकार गर्दै गत साउन २३ गते धादिङका ४६ वटा गाविसमा सूचना टाँस गरेको, स्थानीय एफएममा सूचना बजाईएको र कान्तिपुर दैनिकमा समेत सूचना गरेको मुचुल्का रहेकोे बताए ।

यसैगरी सोही राती स्थानीय सामुदायिक रेडियो रेडियो धादिङको भवन पनि भत्काइएको थियो । रेडियोमा जिल्ला बन कार्यालय प्रमुखको नेतृत्वमा सुरक्षा घेरा हालेर डोजर प्रयोग गरेर भवन भत्काईएको छ । भवनमा प्रवेश गरी रेडियोकर्मीहरुलाई दुर्व्यवहार गरी निकालेर भवन भत्काईएको रेडियोकर्मीहरुले बताए । भवन भत्काउनका साथै प्रहरीद्वारा त्यहाँ रहेको रेडियोका उपकरणहरु, झ्यालका सिसाहरु र सोलार प्यानलहरु पुन प्रयोग गर्न नमिल्ने गरी तोडफोड गरिएको छ ।

घटना पश्चात बनेको नौ सदस्य स्थलगत टोलीले घटनाको स्थलगत निरिक्षण गरी दश बुँदे प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनमा गम्भीर मानव अधिकार उल्लंघन प्रकृतिको घटना भएको निष्कर्ष निकालेको स्थलगत निरिक्षणमा सहभागी सामुदायिक रेडियो विश्व संगठनका सहअध्यक्ष मीन बहादुर शाहीले बताए । उनले भने ‘यो घटनाको प्रकृति हेर्दा बद्नियतपूर्वक आक्रमण गरिएको एकदमै गम्भीर मानव अधिकार उल्लंघन प्रकृतिको घटना हो ।, दोषीलाई छानवीन गरी तत्काल कार्यवाहीको दायरामा ल्याउनुपर्छ ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले यो घटनाप्रति सरकारको धारणा सार्वजानिक हुनुपर्ने बताए । उनले भने ‘यो महिला र मिडिया माथिको बर्बर र अमानवीय आक्रमण भएको अत्यन्त निन्दनीय र खेद्पूर्ण छ ।, यो घटनाको कारण प्रधानमन्त्री, मन्त्रीको जवाफ आउनुपर्छ ।’

साउन ३० गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको स्थानीय राजनितिक दल, नागरिक अगुवा, प्रहरीलगायतको सर्बदलीय बैठकले जिल्ला बन अतिक्रमण हटाउन सहमति भएको बताए । उनले भने ‘सम्भावित दुर्घटनालाई मध्यनजर गरेर थप जनशक्ति परिचालन गरी बनक्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना भत्काईएको हो ।, र साउन ३० गते दिउँसो जाँदा झडप हुने अवस्था आएर रणनीतिक तवरले राती गएका हौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: