किशोरीहरूलाई स्वास्थ्यको खुराकी


प्रकाशित मिति :2016-09-29 09:19:48

महिला खबर
कपिलवस्तु । किशोरीलाई साप्ताहिक आइरन चक्की र फोलिक एसिड खुवाउने बारे अभिमुखीकरण कार्यक्रम गजेहडा स्वास्थ्य चौकीमा वुधवार गरिएको छ। विद्यालयका शिक्षक, फोकल शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीका कर्मचारीहरूलाई किशोरीहरूको रगतमा हेमोग्लोविन तत्व कम भएमा रक्त अल्पता हुने र सो को रोकथामका लागि आइरन र फोलिक एसिड खुवाउनुपर्ने कुरा बताइएको थियो।

सरकारले देशभर प्रत्येक बर्ष साउन र माघ महिनाको पहिलो हप्ताबाट उक्त औषधी खुवाउने गरेपनि कपिलवस्तुमा भने कात्तिक चार गतेबाट आइरन चक्की र फोलिक एसिड खुवाइने गजेहडा स्वास्थ्य चौकीका इन्चार्ज रामशरण यादवले जानकारी दिनुभयो।

त्यस्तै स्वास्थ्य चौकीका सिनियर अ.हे.व. अधिकृत द्रोण प्रसाद बेल्बासेले आइरन र फोलिक एसीड पहिलो पटक लगातार १३ हप्तासम्म खुवाइने, १३ हप्तापछि स्थगित गरि फेरी अर्काे १३ हप्ता खुवाइने बताउनु भयो।

जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति कबिराज भण्डारीले कात्तिक चार गतेबाटबाट खुवाउन सुरु गरिने आइरन र फोलिक एसिड १० देखि १९ बर्षमुनिका सवै किशोरीलाई खुवाउन शिक्षक र महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई आग्रह गर्नुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: